१६ चैत्र २०८०, शुक्रबार
Follow Us

अब निर्वाचन हुन्छ : डा. हेम राज शर्मा, महासचिव, एनआरएनए

नेपालब्रिटेन डट कम्
३ माघ २०७८, सोमबार ०७:३४

लण्डन । गैर आवासीय नेपाली संघका महासचिव डा हेमराज शर्माले शनिबार गठन गरिएको एनआरएनएको उच्चस्तरीय समितिले निर्वाचन र महाधिवेशन गराउने सहमती नभएको बताएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ८१ औ बैठकद्वारा गठन गरिएको उच्च स्तरिय समितिको टिओर तयार पारेर दर्जनौ पटक संशोधन गरेर अन्तमा सबैलाई मान्य हुने ४ बुदाँमा सम्भावित उम्मेदवारहरुले सहमत जनाएको बताउँदै महासचिव शर्माले समितिले अधिवेशन र निर्वाचन गराउने कुनै सहमति नभएको बताए ।

यसअघि संस्थापन पक्षसँग असन्तुष्ट समूहले आइतबार एक कार्यक्रममा बोल्दै अधिवेशन र निर्वाचन उच्चस्तरीय समितिले गर्नुपर्ने भनाइ राख्नु भएको थियो । तर महासचिव शर्माले आचार्यको भनाईको खण्डन गर्दै समितिले नभई कार्यसमितिले नै निर्वाचन गर्ने बताएका हुन् ।

शर्माले नेपाल पत्रकार महासंघ यूरोप शाखाले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रमलाई आइतवार सम्वोधन गर्दै उच्चस्तरीय समितिलाई महाधिवेशन प्रतिनिधि विवाद मिलाउन जिम्मेवारी दिएको प्रष्ट पारे ।

उनले भने सहमति हस्ताक्षर गरे पछि फेरी पछि फर्केर मैले भने जस्तै हुनु पर्छ भन्नु उचित होईन । सहमती भाड्न होईन कार्यान्वयन तिर लागौ।’ शर्माले पछिल्लो सहमतिले संघको निर्वाचन गर्ने वातावरण बनेको बताए ।

यसअघि संघको बैठकले संघका पूर्वअध्यक्ष शेष घलेको संयोजकत्वमा महाधिवेशन प्रतिनिधि विवाद मिलाउन एक उच्चस्तरिय समिति गठन गरेको थियो ।