७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए निर्वाचन सर्वेक्षण : डा. केसी ४३, थापा ३३ आचार्य २४ प्रतिशत

नेपालब्रिटेन डट कम्
३ माघ २०७८, सोमबार १२:०४

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन हुने निश्चित भए पछि सबैका आंखा उम्मेदवारहरु तिर गएका छन् । संघको शनिवार सम्पन्न बैठकले आम सहमतिमा महाधिवेशन प्रतिनिधि चयन गर्न संघका पूर्वअध्यक्ष शेष घलेको संयोजकत्वमा एक समिति गठन गरे पछि चुनावी माहोल चुलिएको हो ।

यसैबीच अमेरिकास्थित एक स्वतन्त्र संस्थाले गरेको सर्वेक्षणमा अध्यक्ष पदका लागि प्रत्यासी डा. बद्री केसी अग्रस्थानमा देखिएका छन् । सर्वेक्षणले दोस्रो स्थानमा गैरआवासीय नेपाली संघकी उपाध्यक्ष रविना थापा र तेस्रो स्थानमा पूर्वउपाध्यक्ष कुल आचार्य देखिएका छन् ।

सर्वेक्षणले डा. केसी ४३, थापा ३३ आचार्य २४ प्रतिशत मत प्राप्त गर्न सक्ने आकलन गरिएको छ । यसअघि सोही संस्थाले गैरआवासीय नेपाली संघ अमेरिकाको अध्यक्षमा बुद्धी सुवेदी निर्वाचित हुने तथ्यांक निकालेर चर्चा कमाएको थियो । पछि पूर्वअनुमान अनुसार सुवेदीले एनआरएनए अमेरिकाको नेतृत्व लिएका थिए । सर्वेक्षणमा करिब तीन दर्जन देशका महाधिवेशन प्रतिनिधि सहभागि भएको बताएको छ ।

गैरआवासीय नेपाली संघको नयां नेतृत्वको लागि फेब्रोवरी २८ तारिखमा निर्वाचन हुदैछ ।