१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रदेश २ को नाम मधेश, राजधानी जनकपुर

नेपालब्रिटेन संवाददाता
३ माघ २०७८, सोमबार १२:४१

जनकपुर । प्रदेश नं. २ ले प्रदेशको नाम मधेश र राजधानी जनकपुर राख्ने निर्णय गरेको छ । प्रदेश सांसदसभाले सोमबार दुईतिहाइभन्दा बढी मतले प्रदेशको नाम र राजधानी टुंगोल लगाएको हो ।
प्रदेशसभाको सोमबार बसेको बैठकले प्रदेश २ ‘मधेश प्रदेश’ नामलाई दुई तिहाइ बहुमतले पारित गरेको छ । प्रदेशसभाको बैठकमा भएको मतदानमा मधेश प्रदेशको पक्षमा ८० मत परेको हो । जुन दुई तिहाइ बहुमत हो ।

१०४ सदस्यीय प्रदेशसभामा सोमबार भएको मतदानमा ९९ मत खसेको थियो । साथै यसअघि सोमबार नै प्रदेशसभाले प्रदेशको राजधानी जनकपुरलाई पारित गरेको थियो ।

प्रदेशसभाको सोमबारको बैठकले प्रदेशको राजधानी जनकपुरलाई बहुमतले पारित गरेको हो । जनकपुर र वीरगञ्ज दुईवटा नाम प्रस्ताव भएकोमा जनकपुरलाई दुई तिहाइ बहुमतले पारित गरेको हो । मतदानमार्फत प्रदेश २ ले राजधानीको नाम टुंगो लगाएको हो । प्रदेशसभामा भएको निर्वाचनमा जनकपुरको पक्षमा ७८ मत खसेको हो । जुन दुई तिहाइ बहुमत छ । विपक्षमा २६ मत परेको थियो ।
१०४ सदस्यीय प्रदेशसभामा दुई तिहाइ बहुमतका लागि ७० मत आवश्यक पर्छ ।