७ बैशाख २०८१, शुक्रबार
Follow Us

अर्घाखाँचीको धनचाैरमा मेगाकाे शाखारहीत बैंकिङ सेवा

नेपालब्रिटेन संवाददाता
४ माघ २०७८, मंगलवार ०४:५९

अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिका-१० धनचौरमा मेगा बैंककाे शाखारहित बैंकिङ सेवा सुरु भएकाे छ । बैंक तथा वित्तीय सेवाको पहुँचबाट टाढा रहेका ग्रामीण क्षेत्रका बासिन्दासम्म बैंकिङ पहुँच विस्तार गर्न शाखारहीत सेवा थालिएकाे मेगा बैंक अर्घाखाँची शाखा प्रबन्धक लक्ष्मण क्षेत्रीले बताए ।

मेगाले सेवा सुरु गरेपछि भूमिकास्थान नगरपालिका-१० का अध्यक्ष खगिश्वर पन्थीले खुसी व्यक्त गरे । शाखारहीत बैंकिङ सेवाको मेयर रेशम थापाले उद्घाटन गरेका हुन् । थापाले धनचौरमा मेगाले शाखा रहित बैंकिङ सुविधा ल्याउदा नागरिकलाई बैंकिङ सेवा सहज हुने बताए ।