७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन ‘मोबाइल ब्लड बैंक बस’ परियोजना सहयोगदातालाई संयोजक जोशी दिए धन्यवाद

नेपालब्रिटेन डट कम्
४ माघ २०७८, मंगलवार ०५:०२

लण्डन । गैर आवासीय नेपाली संघका सचिव तथा ‘दोस्रो ‘मोबाइल ब्लड बैंक बस’ परियोजनाका संयोजक गौरी राज जोशीले सबैको सहयोगले दोस्रो ‘मोबाइल ब्लड बैंक बस’ परियोजना सफल भएको बताएका छन् । विदेशमा रहेका नेपालीको एकताले गर्दा संघले देशमा विभिन्न परोपकारी काम गर्न सफल भएको बताउदै उनले म सहयोगदाताहरु प्रति आभार व्यक्त गरेका छन् ।

‘विश्वभरका गैर आवासीय नेपाली र विदेशमा रहेका नेपाली संघ–संस्थाको साथ र सहयोगप्रति हामी आभारी छौं,’ मोबाइल ब्लड बस परियोजनमा जोडिएका सहयोगी मनहरुलाई धन्यवाद दिँदै जोशीले भने, ‘नेपालमा सुधार गर्नुपर्ने समस्या त धेरै नै छन्। परोपकार तथा मानवीय सहायता विभाग अन्तर्गत चलाइएको यो परियोजनाले देशको रक्तसञ्चार प्रणाली सुधारमा टेवा पुर्याएको छ।’

सोमवार सुदूरपश्चिम प्रदेशमा ब्लड बैंक बस हस्तान्तरण भएसँगै जोशीले नेपालमा रगत भन्डारण सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउनको लागि परियोजना सञ्चालन गरिएको बताए ।

गएको तर, यहाँका अस्पतालहरुले गुणस्तरीय रगत उपलब्ध गराउन निकै चुनौती झेलिरहेकाले परियोजना सञ्चालन गरिएको उनले बताए ।

गुणस्स्तरी रगत प्रदान गर्न समय–समयमा धेरै समस्या सामना गर्नु परिरहेकोले दोस्रो परियोजना धनगढीमै सञ्चालन गरेका हौ’ जोशीले भने।

यस्तै जोशीले चितवनको प्रतिकूल मौसमले गर्मी, जाडो र वर्षायाममा रगत संकलनमा चुनौती थपेको स्मरण गर्दै यो परियोजनाले प्रतिकूल मौसममा समेत रगत संकलन तथा भन्डारण सहज बनाई रगतको व्यवस्थापनलाई गुणस्तरीय र सर्वसुलभ बनाउन सहयोग गरेको उनले स्मरण गरे ।