१३ बैशाख २०८१, बिहीबार
Follow Us

थप १२ हजार ३३८ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालब्रिटेन संवाददाता
६ माघ २०७८, बिहीबार १३:०८

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २१ हजार ७ जनाको पीसीआर टेस्ट गर्दा १० हजार ५२ तथा ६ हजार ४९० नमुनाको एन्टीजेन टेस्ट गर्दा २ हजार २८६ जना गरी १२ हजार ३३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ भने ६४९ जना निको भएका छन् ।

काठमाडौँ उपत्यकामा एकैदिन ६,८९१ सङ्क्रमित
काठमाडौँ उपत्यकामा एकैदिन ६ हजार ९८१ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५,००१, ललितपुरमा १,१३० र भक्तपुरमा ८५० जनामा कोरोना सङ्क्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो एकैदिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत सङ्ख्या हो ।