७ बैशाख २०८१, शुक्रबार
Follow Us

वाटफोर्डविरुद्ध नर्विचसिटी विजयी

नेपालब्रिटेन संवाददाता
८ माघ २०७८, शनिबार ०५:०६

लन्डन । इंग्लिस प्रिमियर लिग फूटबलमा नर्विच सिटी विजयी भएको छ । उसले वाटफोर्डमाथि ३–० गोलको जित निकालेको हो । अवे मैदानमा नर्विचका लागि ५१ र ७४औं मिनेटमा गरी जोश सरगेन्टले दुई गोल गरे ।

खेलको ७८औं मिनेटमा डेनिसले रेड कार्ड पाएपछि वाटफोर्ड १० खेलाडीमा सीमित भएको थियो । त्यसपछि खेलको अन्तिम समयको इञ्जुरी समयमा वाटफोर्डका कुकाले आत्मघाती गोल गरेसँगै नर्विच ३–० ले विजयी भयो । जितपछि २२ खेलबाट १६ अंक जोडेको नर्विच रेलिगेशन जोनबाट माथि उक्लिएको छ भने वाटफोर्ड रेलिगेशन जोनमा पुगेको छ ।