७ बैशाख २०८१, शुक्रबार
Follow Us

म साझा उम्मेदवार हो, अर्को विकल्प छैन् : रविना थापा, एनआरएनए अध्यक्ष (प्रत्यासी) (भिडियो)

नेपालब्रिटेन डट कम्
९ माघ २०७८, आईतवार ०६:०६

“यो वैचारिक संस्था होइन् पटक पटक उम्मेदवार बन्न मिल्दैन्”

लण्डन । गैरआवासीय नेपाली संघको नेतृत्वमा महिना आउने बेला भएको संघको अध्यक्षको लागि प्रत्यासी रविना थापाले बताएकी छन्।
थापाले हेडलाइन नेपालसंगको एक अन्तरवार्तामा संघभित्र भिजन भएको र समय भएको व्यक्ति नेतृत्वमा आउन सक्ने वातावरण बनेको बताईन् । उनले आफुले नेतृत्व लिए पछि युवाहरुलाई स्थान दिने, अहिलेका विकृतिहरु चिर्ने, निर्वाचन प्रकृयालाई व्यवस्थित गर्ने लगायत पंन्जिकृत सदस्यहरु सबैले भोट हाल्ने व्यवस्था गर्ने बताइन् ।

उनले गैरआवासीय नेपाली संघ वैचारिक संस्था नभएर सामाजिक संस्था भएको बताउदै एकै जनाले पटक पटक नेतृत्व दावी गर्नु उचित नहुने तर्क गरिन् ।

उनलाई जित्न कुनै एक राजनीतिक दलको मात्र सहयोगले नपुग्ने बताउदै सबै एनआरएनएको भोट लिएर आफुले चुनाव जित्ने दावी गरिन् ।

उनले अध्यक्षका प्रत्यासीद्धय डा. बद्री केसी र कुल आचार्यलाई आफुलाई सहयोग गरेर महिलालाई अध्यक्ष बनाएर ऐतिहास रच्न आग्रह गरिन् ।

उनले एनआरएनएमा आफ्नो विकल्प नभएको बताउदै संघलाई बचाउन र राजनीतिक मुक्त गर्न आफ्नो उम्मेदवारी रहने बताइन् ।