१६ चैत्र २०८०, शुक्रबार
Follow Us

घले नेतृत्वको उच्चस्तरीय समिति समय कटाउने दाउमा, २६ तारिख सम्म निर्णय नआउने

नेपालब्रिटेन डट कम्
९ माघ २०७८, आईतवार १६:२६

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद समाधान गरी दशौं महाधिवेशन तथा निर्वाचन गराउन प्रमुख संरक्षक डा शेष घलेको संयोजकत्वमा गठित उच्चस्तरीय समितिले २६ तारिख भित्र निर्णय दिन नसक्ने भएको छ ।

गत अक्टूबरमा नै हुनुपर्ने संघको दशौं महाधिवेशन तथा निर्वाचन महाधिवेशन प्रतिनिधिको विवादका कारण हुन नसकेपछि गत साता बसेको संघको अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को बैठकले संघका पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक घलेको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो ।

गैरआवासीय नेपाली संघको उच्चस्रोतका अनुसार संयोजक घलेले विगत ४ दिनमा डेढ घण्टाको बैठक गरेका थिए ।

घलेले पहिलो बैठकमा निर्णय प्रकृयाको विषयमा जिज्ञासा राखेका थिए । पहिलो बैठकले समितिभित्र सर्वसम्मत हुन नसके बहुमतको निर्णय अन्तिम हुने सहमति गरेको थियो ।

दोस्रो बैठकमा घले निकै सकरात्मक रुपमा प्रस्तुत भए पनि अर्को बैठक २५ तारिख मंगलवारलाई सारे पछि तोकिएको समयमा प्रतिनिधि विवाद अन्त्य हुने सम्भवना टरेको हो ।

घले नेतृत्वको समितिमा सदस्यमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, संरक्षक जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, रामप्रताप थापा र वर्तमान अध्यक्ष कुमार पन्त रहेका छन ।

समितिलाई आगामी २८ फेब्रोअरीमा नयाँ आइसीसीको चुनाव गर्ने गरी यही जनवरी २६ सम्ममा महाधिवेशन प्रतिनिधिको नामावलीमा देखिएको विवाद सुल्झाउन जिम्मेवारी दिइएको छ ।

विहीबार र शुक्रबार गरी दुई पटक उच्चस्तरीय समितिको बैठक बसिसकेको छ । आउँदो साता पुनः बैठक बस्ने जनाइएको छ ।

गैरआवासीय नेपाली संघको अध्यक्षका प्रत्यासी कुल आचार्य समूहका नेता घलेले आइतवार आचार्य निकट मिडिया मार्फत उच्चस्तरीय समितिले थप केही दिन थप्न लविङ शुरु गरेका छन् ।

यसअघि गैरआवासीय नेपाली संघको बैठकले २६ तारिख भित्र निर्णय नदिए अध्यक्ष कुमार पन्तले आवश्यक कदम चाल्न सक्ने निर्णय गरेको थियो । घलेले सो निर्णय हटाउन अध्यक्ष पन्तलाई दवाव दिएका थिए ।

यसअघि गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तद्धारा गठित ४ सदस्सीय समितिले प्रतिनिधि विवादको टुंगो लगाए पनि कुल आचार्यले अस्वीकार गरे पछि विवाद थप जटिल भएको थियो ।