१३ बैशाख २०८१, बिहीबार
Follow Us

पत्रकार महासंघ युके अन्तरसम्वाद : आफै सजक भए कोरोना महामारी हट्छ

नेपालब्रिटेन डट कम्
१० माघ २०७८, सोमबार १६:३७

लण्डन । साबुनपानीले हात धुने, मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने र खोप लगाएर मात्र कोरोना भाइरसको महामारी हट्न सक्ने बेलायतमा कार्यरत नेपाली चिकित्सकहरुले बताएका छन् ।

नेपाल पत्रकार महासंघ बेलायत शाखाले नेपलिज डक्टर्स एसोसिएसन युके, नेपलिज नर्सिङ एसोसिएसन युकेसित मिलेर आयोजना गरेको अन्तरसम्वादमा बोल्दै उनीहरुले सो उपाय सुझाएका हुन् ।

कार्यक्रममा बेलायतमा कार्यरत जीपी (जनरल प्राक्टिसनर) डा आरती थापाले भन्नुभयो, ह्याण्ड, फेस, स्पेश र भ्याक्सिनले मात्र महामारीबाट छुटकारा दिलाउन सक्छ अन्यथा यस्ता महामारीहरु आइरहन्छन् ।

उनले साबुनपानीले कम्तीमा २० सेकेण्डसम्म हात धुने, मास्क लगाउने र एक आपसमा दुई मिटरको सामाजिक दुरी कायम गर्ने साथै कोरोनाभाइरसको खोपका डोजहरु लगाउन सबैलाई आग्रह गरिन् ।

अर्का कन्सल्ट्यान्ट डा. शम्भु आचार्यले पनि कोभिडलाई हेलचेक्रयाइँ गर्न नहुने तर यसबाट आत्तिन पनि नहुने बताए । नियमित व्यायाम गर्ने, सन्तुलित खाना खाने, पर्याप्त सुत्ने र खोप लगाएमा कोभिडबाट हुने असर धेरै कम गर्न सकिने उनको धारणा थियो । खोपले आफूलाई त बचाउँछ नै आफ्नो परिवार, आफन्त, समाज, सिंगो राष्ट्र र विश्वलाई नै कोभिडबाट बचाउन मद्दत गर्छु उनको भनाइ थियो ।

एकै व्यक्तिले फरक (फरक खोप लगाउँदा मानिसहरुमा विभिन्न आशंका उत्पन्न भइरहेकोप्रति चिकित्सकद्वयले कुनै शंका) उपशंका नगर्न आग्रह गरे । मिश्रित खोप लगाउँदा प्रतिरोधी क्षमता अझै राम्रो देखिएको विश्वास गरिएको छु दुवै जनाको राय थियो ।

खोप लगाउन नचाहने मानिसहरुले के कारण खोप लगाउन नचाहेका हुन् भन्ने बुझ्न पर्ने र त्यो कुरा पाएपछि उनीहरुको चिन्ता हटाउन सकिने डा। थापाले बताइन् । उनले बेलायतमा धेरै मानिसहरुले खोप लाइसकेको तर अझै कोही लगाउन बाँकी भए वाक इनु भ्याक्सिन सेन्टरमा सीधै गएर लगाउन सकिने पनि जानकारी दिइन् । खोपका बारेमा कुनै जिज्ञासा भए एनएचएस आप्सबाट वा ११९ नम्बरमा फोन गरेर विस्तृत जानकारी लिन सकिने पनि उनले बताइन् ।

डा. आचार्यले बेलायतमा खोप लगाउने दर राम्रो भएको बताउँदै नेपालमा भने खोपको सीमित उपलब्धताका कारण पनि खोप अभियान प्रभावकारी हुन नसकेको हो कि भन्ने आशंका व्यक्त गरे । उता डा। थापाले भने खोप अभियान सफल पार्न एउटा विशाल संगठन परिचालन गर्नपर्ने भएकाले राजनीतिक, चिकित्सकीय लगायत धेरै क्षेत्रको उत्तिकै संलग्नता र सक्रियता चाहिने बताइन् ।

कोभिड विरुद्ध खानेलगायत अन्य ओखती बजारमा आएको सन्दर्भमा डा थापाले अहिले खाने ओखती छानिएका बिरामीलाई सोझै अस्पतालबाट दिइने गरिएको र जीपीले हालसम्म प्रेस्क्राइब नगरेको बताइन् भने डा। आचार्यले कोभिडविरुद्ध नाकबाट दिइने ओखती (हेपारिन) पनि परीक्षण भइरहेको र त्यो सफल भए झनै प्रभावकारी हुने बताए । सो अन्तरसम्वाद कार्यक्रमको संयोजन पत्रकारद्धय दिनेश परियार र चिरन शर्माले गरेका थिए ।