१२ बैशाख २०८१, बुधबार
Follow Us

नेपाली दूतावास लण्डनले बैंकिङ प्रणाली मार्फत मात्र राजश्व संकलन गर्ने

नेपालब्रिटेन डट कम्
१० माघ २०७८, सोमबार १९:२७

लण्डन । लण्डनस्थित नेपाली दूतावासले राजश्व संकलन बैंकिङ माध्यम मार्फत मात्र गर्ने भएको छ ।

दूतावासले सोमवार एक सूचना जारी गर्दै बैंक कार्डमार्फत राजश्व रकम भुक्तानी गर्न सेवाग्राहीलाई आग्रह गरेको हो ।

दूतावासबाट प्रदान गरिने सम्पूर्ण सेवावापत लिइने राजश्व रकम २६ जनवरी देखि लागू हुने गरी अनिवार्य रुपमा बैंक कार्ड मार्फत लिइने दूतावासले जनाएको छ ।