१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएनए निर्वाचन : कार्यदलको म्याद थपियो

नेपालब्रिटेन डट कम्
११ माघ २०७८, मंगलवार १४:१२

निर्वाचन प्रकृया ५ फेब्रोअरीबाट शुरु गर्न कार्यदलभित्र सहमति

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशनको लागि प्रतिनिधि विवाद मिलाउन संघका पूर्वअध्यक्ष शेष घलेको अध्यक्षतामा गठित कार्यदलको म्याद थपिएको छ ।

गैरआवासीय नेपाली संघको उच्चस्रोतका अनुसार मंगलवार दिउसो बसेको कार्यदलको बैठकमा संयोजक घलेले थप समयको माग गरे पछि १० को लागि म्याद थपिएको हो ।

वैठकले संघको महाधिवेशन प्रतिनिधि विवादमा देखिएका कानुनी अप्ठ्यारा फुकाउनको लागि एक कानुनी परामर्श समिति र एमआइएस (मेम्मवर इन्फरमेसन सिस्टम) का समस्या समाधान गर्न अर्को कार्यदल बनाउने निर्णय गरेकेको छ । सो कार्यदल गठन गर्न बैठकले अध्यक्ष कुमार पन्तलाई जिम्मा दिएको छ ।

१५ जनवरीमा बसेको संघको ८१ औं बैठकले पूर्वअध्यक्ष घलेको नेतृत्वमा ७ सदस्यीय निर्वाचन उपसमिति गठन गरेको थियो।

कार्यदलमा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, संरक्षक जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, राम प्रताप थापा र वर्तमान अध्यक्ष कुमार पन्त सदस्य छन।

स्रोतका अनुसार संघको निर्वाचन प्रकृया भने ५ फेब्रोअरीबाट शुरु गर्न कार्यदलभित्र सहमति भएको छ ।

पूर्वअध्यक्ष घलेको लागि अन्तिम मौकाको रुपमा थप म्याद थप गरिएको स्रोतको दावी छ ।