१३ बैशाख २०८१, बिहीबार
Follow Us

राष्ट्रियसभा सदस्य निर्वाचन : मतदान सुरु

नेपालब्रिटेन संवाददाता
१२ माघ २०७८, बुधबार ०५:२७

काठमाडौं । राष्ट्रियसभा सदस्यको १९ पदका लागि आज मतदान भइरहेको छ । निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि नै मतदान सुरु भएको छ ।

निर्वाचन अन्तर्गत् सातै प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा आज बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दुई रङको मतपत्रको व्यवस्था गरिएको छ। रातो रङ पालिका प्रमुख उपप्रमुखका लागि र हरियो रङको मतपत्र प्रदेश सभासदस्यका लागि व्यवस्था गरिएको छ । निर्वाचनको परिणाम आजै रातिसम्ममा आउने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलले आ-आफ्नो समिकरण बनाई उम्मेदवार बनाएका छन् । आगामी फागुन २० गते नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि समाप्त हुने भएकाले रिक्त स्थानका लागि निर्वाचन हुन लागेको हो ।

सदस्यको पदावधि समाप्त हुनु ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । सङ्घीय संसद्‍मा प्रतिनिधित्व गर्ने नौ राजनीतिक दलका ४३ जना उम्मेदवार चुनावी मैदानमा छन्।