१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सहाराविहीन लिम्बुनीलाई जीवनभरका लागि चामल सहयाेग

नेपालब्रिटेन संवाददाता
१२ माघ २०७८, बुधबार ०५:३७

तेह्रथुम । सहाराविहीन तेह्रथुम छथर गाउँपालिका-३ पञ्चकन्या लुकुवाकी श्रीहाङमा लिम्बुनीलाई सहयाेग प्राप्त भएकाे छ । लिम्बुनी सहाराविहीन रहेकाे खबर सार्वजनिक भएपछि बेलायतबाट उनलाई जीवनभर चामल सहयोग गर्ने प्रतिबद्धता आएको हाे ।

ताप्लेजुङकाे पक्ताङलुङ गाउँपालिका- ३ खेबेङमा जन्मेर हाल बेलायतमा रहदै आएका कलाकार मान तबेबुङ ‘नाजम’ ले लिम्बुनीलाई जीवनभर चामल सहयोग गर्ने भएका हुन् । याक्थुङ लिम्बु भाषा,लिपी,संस्कार संस्कृति संरक्षणमा चासो देखाउँदै आएका लिम्बु लामो समयदेखि दु:खी पीडितलाई सहयोग गर्दै आएको बताउँछन् ।

उनले लिम्बु भाषाका तीन एल्बम र नेपाली भाषाकाे एउटा एल्बम निकालिसकेका छन् । उनी भन्छन्, ‘श्रीहाङमाको समाचार देखेपछि मन छोयो र र बुढीआमाले जीवनभर काम नगरी चामल खान पुगोस् भन्ने उद्देश्यले सहयोग गर्ने निर्णय गरेको हुँ ।’श्रीहाङमा अविवाहित नेष्ठ नागरिक हुन् । उनी एक्लै बस्दै आएकी छिन् ।