१५ चैत्र २०८०, बिहीबार
Follow Us

कांग्रेसले बोलायो भर्चुअल केन्द्रीय समिति बैठक

नेपालब्रिटेन संवाददाता
१३ माघ २०७८, बिहीबार १४:२०

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ । बिहीबार सूचना जारी गर्दै कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार भर्चुअल माध्यमबाट बस्ने जनाएको छ । बैठक दिउँसो ३ बजे बस्ने छ। यसअघि कांग्रेसको संस्थापनइतर पक्षका नेताहरूले पार्टीभित्र छलफल नै नगरी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनसँग छलफल गरिरहेको भन्दै असन्तुष्टि जनाएको थियो । यहीबीच कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो ।