१३ बैशाख २०८१, बिहीबार
Follow Us

आहा–रारा गोल्डकपको उपाधि पहिलो पटक एपीएफलाई

नेपालब्रिटेन संवाददाता
१५ माघ २०७८, शनिबार १२:३८

काठमाडौं। पोखरामा जारी आहा–रारा गोल्डकपको २० औं संस्करणको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ। ६ पटकको उपाधि बिजेता मनाङ मर्स्याङ्दी क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै एपीएफले उपाधि उचालेको हो । एपीएफले आहा–रारा गोल्डकपको पहिलोपटक उपाधि उचाल्दै इतिहास रचेको छ।

एपीएफका पाँचै खेलाडीले पेनाल्टी सुटआउटमा गोल गर्दा घरेलु टोली मनाङका ओलावाले आफिजको पेनाल्टी प्रहार एपीएफका गोलरक्षकले रोकेका थिए। निर्धारित समयमा दुई/दुई गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । थप गरिएको ३० मिनेटमा दुवै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।

यसअघि खेलको २० औं मिनेटमा युवराज खड्काले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए। खेलको ६७ औं मिनेटमा दयानन्द सिंहले हेडरमार्फत् गोल गर्दै खेल बराबरीमा ल्याए।

८४ औं मिनेटमा विदेशी खेलाडी फ्र्यांकलिन कुएटे टाल्लाले गोल गरेपछि मनाङले अग्रता बनाएको थियो। तर इन्जुरी समयमा एपीएफका रबि थिङले गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए। प्रतियोगिताको विजेता एपीएफले १० लाख १ हजार र उपविजेता मनाङले ५ लाख १ हजार पुरस्कार प्राप्त गरेका छन्।

सत्ता गठबन्धनको बैठक पुन: सुरु
काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा पुनः सुरु भएको छ । स्थानीय निकायको निर्वाचनलगायत विषयमा छलफल गर्न गठबन्धनको बैठक पुन: बसेको हो ।

बिहान बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि पुनः बैठक बोलाइएको छ । बैठकमा स्थानीय निकायको निर्वाचनमा विषयमा छलफल हुने छ ।

अहिले जारी बैठकमा राष्ट्रिय जनमोर्चाका प्रतिनिधिबाहेक चारवटै राजनीतिक पार्टीका शीर्षनेताको उपस्थिति रहेको छ । पार्टीको काम विशेषले काठमाडौंबाहिर रहेको बताउँदै जनमोर्चाका प्रतिनिधि भने बैठकमा उपस्थित हुन सकेका छैनन् ।