१५ चैत्र २०८०, बिहीबार
Follow Us

बलेवा समाज अमेरिकाको अध्यक्षमा पौडेल

नेपालब्रिटेन डट कम्
१८ माघ २०७८, मंगलवार ०४:०७

बलेवा समाज अमेरिकाको दोश्रो साधारण सभाले डोलेन्द्र पौडेलेको अध्यक्षतमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । अमेरिकाको न्यूयोर्कमा सम्पन्न साधारण सभाबाट वरिष्ठ उपाध्यक्षमा बिकास जिसी, उपाध्यक्षमा नवराज पन्त र बिनोद शर्मा चयन भएका छन् ।

यस्तै समाजको महासचिवमा प्रदिपकुमार खत्री, सचिवमा प्रकाश अधिकारी, कोषाध्यक्षमा रामकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा इश्वरी क्षेत्री सुवेदी चयन भएका छन् । यस्तै युवा संयोजकमा अनिल रोका र कार्यक्रम संयोजकमा सन्तोष सुवेदी चयन भएको जानकारी दिइएको छ ।

कार्यसमिति सदस्यहरुमा सन्तोष क्षेत्री, दिलसिंह जिसी, हरि पाठक, अर्जुन नेपाली, सन्तोष पौडेल, अनुपजंग क्षेत्री र ईश्वर गौतम सर्वसम्मत चयन भएका हुन् । दोश्रो साधारण सभापछी बसेको कार्यसमिति बैठकले संस्थाका संस्थापक अध्यक्ष अनिल अधिकारी र महासचिव कृष्ण सुवेदीलाई संरक्षक चयन गरेको छ ।

यस्तै सर्वसम्मत चयन भएको कार्यसमितिको पहिलो बैठकले पाँच सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । सल्लाहकारहरुमा सकस जिसी, टंक कुँवर, प्रकाश श्रेष्ठ, प्रकाश जिसी र हरि पौडेल रहेका छन् ।

सन् २०१७ मा अमेरिकी कानुन अनुसार दर्ता भएको बलेवा समाज अमेरिकाले अमेरिकामा रहेको नेपाली समुदायका लागि उत्कृष्ट कार्य गर्दै आएको छ । संस्थापक अध्यक्ष अनिल अधिकारीले समाजको बृहत्तर हितमा काम गरिरहेको बलेवा समाज अमेरिकाको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

बलेवा समाज अमेरिकाले अमेरिकामा रहेको नेपाली समुदाय र आफ्नो जन्मस्थानमा भैपरी आउने समस्याहरुमा सारथी बन्दै आईरहेको छ ।