११ बैशाख २०८१, मंगलवार
Follow Us

भारत यू–१९ विश्वकप क्रिकेटको फाइनलमा

नेपालब्रिटेन संवाददाता
२० माघ २०७८, बिहीबार ०४:२५

भारत वेस्टइन्डिजमा जारी यू–१९ विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । बुधबार राति कुलिज क्रिकेट ग्राउन्ड एन्टिगुवामा भएको दोस्रो सेमिफाइनल खेलमा भारतले अष्ट्रेलियालाई ९६ रनले हराउँदै आठौं पटक यू–१९ विश्वकपको फाइनलमा पुगेको हो ।

२ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया ४१.५ ओभरमा १ सय ९४ रनमा अल आउट भयो । अष्ट्रेलियाका लचलान शाले सर्वाधिक ५१ रन बनाए । कोरे मिलर ३८, क्याम्पबेल केल्लावेले ३०, ज्याक सिनफिल्ड २० र टम ह्टनीले १९ रन बनाए । भारतका अफस्पिनर विक्की ओस्टलले तीन तथा निशान्त सिन्धु र रवि कुमारले २–२ विकेट लिए ।

यसअघि भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९० रन बनाएको थियो । भारतका कप्तान यश धुलले १ सय १० रनको शतकीय इनिङ खेले । शेख राशिद ९४ रनमा आउट भए । विकेटकिपर दिनेश बना २० रनमा अविजित रहे । अष्ट्रेलिया ज्याक निस्वेट र विलियम साल्जम्यानले २–२ विकेट लिए ।

अब भारतले उपाधिको लागि शनिबार इंग्ल्यान्डसँग खेल्नेछ । पहिलो सेमिफाइनलमा इंग्ल्यान्डले अफगानिस्तानलाई १५ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।