१५ चैत्र २०८०, बिहीबार
Follow Us

क्यामरुनलाई हराउँदै इजिप्ट फाइनलमा

नेपालब्रिटेन संवाददाता
२१ माघ २०७८, शुक्रबार ०५:२७

आयोजक क्यामरुनलाई पेनाल्टी सुट आउटमा हराउँदै इजिप्ट अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । क्यामरुनको याउन्डेमा गएराति भएको सेमिफाइनल खेलमा इजिप्ट टाई ब्रेकरमा ३–१ ले विजयी भयो ।

निर्धारित समय र अतिरिक्त समयमा दुबै टोलीले गोल गर्न नसकेपछि खेल टाई ब्रेकरमा पुगेको हो । टाई ब्रेकरमा मोहम्मद सलाहको इजिप्टले बाजी मा-यो । इजिप्टले अब आइतवार हुने फाइनलमा सेनेगलको सामना गर्नेछ ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा बुर्किना फासोलाई ३–१ ले हराउँदै सेनेगल फाइनलमा पुगेको हो । फाइनल खेललाई लिभरपुलका दुई स्टार खेलाडीहरु सलाह र साडियो मानेको भिडन्तको रुपमा हेरिएको छ । इजिप्टले सर्वाधिक ७ पटक अफ्रिका कप जितेको छ भने सेनेगलले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।