१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए अध्यक्ष कुमार पन्तका दुई विकल्प, “संस्था खारेजी की कलंक बोक्ने?”

नेपालब्रिटेन डट कम्
२३ माघ २०७८, आईतवार २१:४०

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा हेम राज शर्माले अध्यक्ष कुमार पन्तसँग अब दुई भन्दा बढी विकल्प नभएको बताएका छन् ।

‘संस्था खारेज गर्ने वा चुनाव गर्ने, यी दुई बाहेक अरु विकल्प अध्यक्ष कुमार पन्तजीसँग छैन् ।’ आफ्नो समुहद्वारा आइतवार आयोजित भर्चुल पत्रकार सम्मेलनमा शर्माले भने । ‘चुनाव गर्न नसकेर संस्था परराष्ट्रलाई बुझाउने कलंक कुमारजीले बोक्नु हुन्न ।’

आफुहरुसँगको कुराकानीमा अध्यक्ष कुमार पन्तले जसरी पनि चुनाव गराउने विश्वास दिलाएको भन्दै शर्माले भने, ‘सात सदस्यीय समितिले यदी चुनावको वातावरण बनाएन भने पनि चुनाव रोकिन्न भन्नु भएको छ, सबै सहमति भए पनि चुनाव हुन्छ केही असहमत भए पनि चुनाव हुन्छ ।’

उनले जापान निर्वाचन प्रकरणमा आइसीसीको संलङनता नभएको दावी गरे । ‘जापान घटनामा आइसीसीको संलङ्नता छैन, पुलिसमा उजुरी धम्कीले केही हुदैन एनआरएनएका साथिको मनजित्नु होला ।’

महासचिव डा. शर्माले सदस्यता शुल्क नतिर्ने राष्ट्रिय समन्वय परिषद्को सदस्यता खारेज गर्न पनि माग गरे ।’एनआरनए सफा हुन्छ,संस्था बचाउने हो भने अध्यक्षले त्यो आट गर्नु पर्छ, शुल्क नतिर्ने एसीसीको सदस्यता खारेज गर्नु पर्छ ।’

अर्को एक प्रसङ्गमा शर्माले आफुहरुले सरकारसँग पंगा लिन नखोजेको बताए । ‘सरकारसँग पंगा लिन खोजेको होइन एनआरएनए बचाउन खोजेका हौ ।’