१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पोर्न वेवसाइट हेर्न बेलायतमा नयाँ कानुन

नेपालब्रिटेन डट कम्
२६ माघ २०७८, बुधबार १४:१४

लन्डन। बेलायतमा अब पोर्न वेवसाइट हेर्न अनिवार्यरुपमा उमेर खुलाउनुपर्ने भएको छ। इन्टरनेट सुरक्षासम्बन्धी बेलायतको नयाँ कानुनले पोर्न वेवसाइटहरुले प्रयोगकर्ताको उमेर अनिवार्यरुपमा प्रमाणित गर्नुपर्ने बनाएको हो।

बालबालिकालाई पोर्न वेवसाइटबाट टाढा राख्न यस्तो कानुनको निर्माण गरेको अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। नयाँ कानुनअनुसार १८ वर्षमाथिका प्रयोगकर्ताले आफ्नो उमेर पुष्टि गराएरमात्रै पोर्न वेवसाइट हेर्न सक्छन्।

पोर्न वेवसाइटहरुले उक्त कानुनको उल्लंघन गरेको पाइए कूल कारोबारको १० प्रतिशतसम्म जरिवाना गर्न सकिने कानुनमा उल्लेख छ। अनलाइन सुरक्षा विधेयक केही महिनापछि बेलायतको संसदमा पेश हुने बताइएको छ।

एक अध्ययनका अनुसार बेलायतमा ११ देखि १३ वर्ष उमेरका आधा जति जनसंख्याले कुनै न कुनै रुपमा पोर्न वेवसाइट हेर्ने गर्छन्। जसका कारण उनीहरुमा सुरक्षा जोखिम उच्च रहने गरेको विज्ञहरु बताउँछन्।