१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाल फर्किन लागेका एक युवक पोर्चुगलको विमानस्थलबाटै बेपत्ता

नेपालब्रिटेन डट कम्
१ फाल्गुन २०७८, आईतवार १८:५८

लिस्वन । रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक युवक बेपत्ता भएका छन् । नेपाल फर्किनका लागि विमानस्थल पुगेका चितवनस्थित राप्ती नगरपालिकाका नमराज सिलवाल बेपत्ता भएका हुन् ।

गत ११ तारिखका दिन घर फर्किनका लागि लिस्वनस्थित अन्तराष्ट्रिय विमानस्थलमा पुगेका सिलवाल अझैंसम्म परिवार र आफन्तको सम्पर्कमा नआएको बुझिएको छ । ३३ बर्षिय उनि फारोस्थित एक कम्पनीमा काम गर्दै आएको र अहिले नेपाल जान लागेको बताइएको छ । डिप्रेशनका बिरामी सिलवाल विमानस्थलको ‘बोर्डिङ पास’ लिने ठाउँमै नपुगेको बुझिएको छ । उनले टर्किस एयरलाइन्सको टिकट लिएका थिए ।