१४ बैशाख २०८१, शुक्रबार
Follow Us

रविना थापाद्धारा एनआरएनए निर्वाचन घोषणाको स्वागत

नेपालब्रिटेन डट कम्
४ फाल्गुन २०७८, बुधबार ०९:५१

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन तालिका सार्वजनिक भए पछि चुनावी महोल शुरु भएको छ ।

निर्वाचन समितिले बुधवार बिहान निर्वाचन तालिका घोषणा गर्दै संघको नेतृत्वको लागि निर्वाचन मार्च २१ र २२ तारिख हुने जनाएको थियो ।

संघको अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेकी रविना थापाले निर्वाचन समितिको निर्णयलाई स्वागतयोग्य कमद भनेकी छन् । थापाले लामो समय सम्म अन्योलमा रहेको निर्वाचनको तालिका प्रकाशन हुनु सकरात्मक भएको बताइन् । उनले सबै पक्षलाई निर्वाचनमा सहभागी हुन समेत आग्रह गरेकी छन् ।

यसअघि थापाले गैर आवासीय नेपाली संघ (एनआरएनए) को आसन्न १० औं अन्तर्राष्ट्रिय महाधिवेशनमा अध्यक्षका लागि रविना उम्मेदवारी घोषणा गरि सकेकी छन् ।

उनले एनआरएनए परिवर्तनका लागि पनि महिला नेतृत्वको आवश्यकता रहेको बताउदै आएकी छन् ।

उनले आफू निर्वाचित भएको खण्डमा एनआरएनमा आवद्ध हुने संख्या १५ लाख र्पुयाउने दाबी गरिन् । अहिले नागरिकता विधेयक पास हुन नसकिरहेको अवस्थामा नागरिकताको एजेण्डालाई प्रमुखताका साथ उठाउने उनको भनाई छ ।

संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा थापाले उपाध्यक्षमा सबैभन्दा बढी मतले चुनाव जितेकी थिइन् ।

महाधिवेशनका लागि संघको अध्यक्ष पदमा अमेरिका थापासहित बेलायतका कुल आचार्य र रसियाका डा बद्री केसीले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् ।