१५ चैत्र २०८०, बिहीबार
Follow Us

बेलायतका लागि नवनियुक्त राजदूत आचार्यद्वारा शपथ ग्रहण

नेपालब्रिटेन डट कम्
४ फाल्गुन २०७८, बुधबार १०:३५

लण्डन । बेलायतका लागि नेपालका आवासीय राजदूत ज्ञानेन्द्र आचार्यले शपथ ग्रहण गरेका छन् ।
राजदूत आचार्यले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । आचार्यले राष्ट्रपति भण्डारीसमक्ष शपथ ग्रहण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

शपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री नारायण खड्कासहित सरकारका उच्चपदस्थ अधिकारीहरू सहभागी थिए । आचार्य गत माघ १४ गते संविधानको धारा २८२ बमोजिम संयुक्त अधिराज्यका लागि नेपालको आसावीय राजदूतमा नियुक्त भएका थिए । यसअघि पूर्वमुख्यसचिव समेत रहेका लोकदर्शन रेग्मी बेलायतका लागि राजदूत थिए ।