१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएनए निर्वाचन : यस्तो प्राराम्भिक प्रतिनिधि नामावली

नेपालब्रिटेन डट कम्
५ फाल्गुन २०७८, बिहीबार ०५:३४

लण्डन । गैरआवासीय नेपाली संघको मार्च तेस्रो साता हुने निर्वाचनको लागि प्राराम्भिक प्रतिनिधि नामावली प्रकाशन गरिएको छ ।

संघको निर्वाचन समितिको पूर्वनिर्धारित कार्यतालिका बमोजिम आज बिहिवार बिहान ११ बजे उक्त नामावली प्रकाशन गरिएको हो ।

संघको विधानअनुरुप गत अगष्ट महिनाको १५ तारिखभित्र राष्ट्रिय समिति मार्फत केन्द्रमा दर्ता भएका ३६३४ जना नामावली प्रकाशन गरिएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार पहिलो चरणमा नामावली प्रकाशन भएकाहरुलाई आगामी फेब्रसअरी २२ तारिखभित्र नपुग भएको कागज र शेल्फि दिने अवसर दिएको छ । सो निर्वाचनमा मतदान गर्न वा उम्मेदवार बन्न चाहनेहरुले संघको स्मार्ट एनआरएनए एप डाउनलोड गरेर आआफ्नो शेल्फि अनिवार्य दिनु पर्ने व्यवस्था गरिएको छ ।

निर्वाचन समितिका अनुसार शेल्फि नदिएमा उनीहरुको नाम मतदाता नामावलीबाट स्वतः हट्ने छ । र, सो स्थानमा वैकल्पिक सूचिमा रहेका नामहरु समावेश गरिने बताएको छ ।

संघको नयां नेतृत्वको लागि मार्च २१ र २२ तारिख अनलाइन मार्फत निर्वाचन हुदैछ ।