६ बैशाख २०८१, बिहीबार
Follow Us

उत्तमलाई मा-र्योनी निरमायाले (भिडियोसहित)

नेपालब्रिटेन डट कम्
२३ माघ २०७३, आईतवार ०६:२४

काठमाडौं । प्रणय दिवश अर्थात् ‘भ्यालेनटाइन–डे’ आउनलाई धेरै दिन छैन । युवा जमातले प्रेम दिवशका रुपमा मनाउने १४ फ्रेबुअरी नजिकिँदै गर्दा गायक तथा संगीतकार उत्तमजङ लिम्बू भने ‘मा-यौन निरमाया…’ भन्दै दर्शक/श्रोतालाई प्रेमभाव पोख्दै आएका छन् । गायक उत्तमजङको मर्मस्पर्शी प्रेमभावमा दर्शकले पनि दिइरहेका छन् । दर्शक÷श्रोताकै साथका कारण ‘मा¥यौनी निरमाया…’ रिजिल गरिएको साता दिनमै यु–ट्युबमा लाखले हेरिसकेका छन् ।
भ्यालेनटाइन नजिकिँदै गर्दा प्रेमिल उमंगमा रमाउनुपर्ने हो तर वियोगमा डुबुल्की मारेर पनि उत्तमजङले साथ पाएका छन् उनका शुभचिन्तक दर्शक र प्रशसंकबाट । सायद प्रेममा चोट सहेका भुक्तभोगीहरुका लागि गायक तथा यी संगीकारको गीति मनोभावले छोएको हुनुपर्छ । यसबारे उत्तमजङ भन्छन्, ‘मा-यौनी निरमाया…’ शब्दमा भावनात्मक भएपनि फास्ट बिट भएकाले दर्शकले रुचाएको हुनसक्छ । गीतको भिडियाको भ्युअर्स सन्तोषजनक गइरहेको छ । म एकदमै खुसी छु ।’
दर्जनौ गीतमा स्वर तथा संगीत गरिसकेका उत्तमजङको यो पछिल्लो भिडियो हो । उत्तमजङकै शब्द, संगीत र स्वर रहेको यो गीतको उनको तस्रो एल्बम ‘रिति’ मा समावेश छ ।
यस गीतको भिडियोमा पछिल्लो समयकी चर्चित मोड अलिशा राई, निराजन प्रधान र सुरेन ताम्लिङले अभिनय गरेका छन् । हरि हुमागाइँले निर्देशन गरेको यस भिडियोलाई उत्तम हुमागाइँले खिचेका हुन् भने सम्पादन निशान घिमिरेले गरेका हुन् ।