११ बैशाख २०८१, मंगलवार
Follow Us

पिएनओ खोल्न हिडेर मध्येपूर्वमाथि प्रहार : एनआरएनए प्रवक्ता क्षेत्री

नेपालब्रिटेन डट कम्
६ फाल्गुन २०७८, शुक्रबार १४:३२

लण्डन । गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीले मध्येपूर्वमा रहेका श्रमिक माथि पटक पटक प्रहार भएको बताएका छन् ।

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेको संयोजकत्वमा रहेको महाधिवेशन प्रतिनिधि विवाद मिलाउन गठित समितिले मध्येपूर्वका देशमा ठूलो संख्यामा प्रतिनिधि कटौती गर्ने प्रस्ताव गरे पछि क्षेत्रीले असन्तुष्ट व्यक्त गरेका हुन् ।

मध्येपूर्व, अफ्रीका, एशियालाई ठूलो प्रहार भयो र मलाई ६ बर्ष देखि लगातार रुपमा जे कुराको चिन्ता थियो त्यही कोशिस भयो क्षेत्रीले भने ।

उनले मध्येपूर्व माथि भएको प्रहार डटेर सामना गर्ने बताए ।

उनले पिएनओ खोल्ने रहर भएकाहरुलाई फुटाएर जान सहज बनाई दिन आग्रह गरेका छन् ।

क्षेत्रीले मध्यपूर्व, एसीया र अफ्रीकाका नम्बर देखाएर ७० लाख एनआरएनए भन्दै नेता बन्ने अहिले अपमान गर्ने भन्दै प्रति प्रश्न गरेका छन् ।

उनले कहिले पिएनओको बाहानामा बिभिन्न छिद्र खोजेर प्रहार गरेको आरोप लगाएका छन् । उनले मध्येपूर्वका देशको नाम नलिएर निम्सरा भनेर हेपेको आरोप लगाए ।
यसअघि घलेले संघका ६१ देशका करिब ९ सय महाधिवेशन प्रतिनिधि कटौतीको प्रस्ताप गरे पछि विवादमा आएका थिए ।