१६ चैत्र २०८०, शुक्रबार
Follow Us

लन्डनको हिलिङडन अस्पतालले ‘नेपाल डे’ मनाउँदै

नेपालब्रिटेन डट कम्
११ फाल्गुन २०७८, बुधबार १६:०६

लन्डन । बेलायतको लण्डनमा रहेको हिलिङडन अस्पतालले यही फेब्रुअरी २५ का दिन नेपाल डे मनाउने भएको छ । हिलिङडन अस्पताल व्यवस्थापनमा विविधता र समावेशी प्रमुखका रुपमा कार्यरत ड्यानी कार्यस्निनोजले इमेलमार्फत यहाँ कार्यरत कर्मचारीलाई जानकारी गराएका छन् ।

अस्पतालमा हाल ७८ देशका मानिस विभिन्न पदमा कार्यरत छन् । कार्यक्रमलाई सहयोग गर्न हिलिङडन अस्पतालमा कार्यरत नेपालीको ‘हिलिङडन हस्पिटल नेपाली ग्रुप’ लागि परेको छ । उक्त समूहमा अस्पतालको जर्सी वार्डमा प्रबन्धक रहनुभएकी रस्मितासिंह दर्लामी, आकस्मिक कक्षमा कार्यरत मणि तामाङ, अञ्जना गुरुङलगायत नेपाली आवद्ध छन् ।

कार्यक्रम व्यवस्थापनको जिम्मा लिएको उक्त समूहका अनुसार सो दिन दिनको १२ बजे अस्पतालको चमेनागृहमा नेपालको राष्ट्रिय गीत बजाएर कार्यक्रम सुरू गरिने र नेपाली राष्ट्रिय गीतको अंग्रेजी अनुवाद गरेको पर्चासमेत वितरण गरिने भएको छ । नेपाली भेषभूषा झल्किने विभिन्न जातिका पहिरनसहित नेपाली गीत पनि बजाइने समूहकी सदस्य अञ्जना गरूङले बताइन् ।

नेपालको भौगोलिक र ऐतिहासिकता झल्काउने विभिन्न पर्यटकीयस्थल समेटिएको श्रव्यदृश्य पनि देखाइने छ । यसका साथै अस्पतालको कार्यक्रमस्थलमा नेपाली कला, सङ्गीत तथा अन्य रमणीय स्थानका तस्वीर र नेपाली कला प्रदर्शनी गरिने रस्मितासिंह दर्लालीले जानकारी दिइन् । अस्पतालमा करिब १ सय ५० नेपाली कार्यरत छन् ।