१५ चैत्र २०८०, बिहीबार
Follow Us

राजदूत आचार्यले गरे लण्डनमा पदवहाली

नेपालब्रिटेन डट कम्
११ फाल्गुन २०७८, बुधबार १८:४८

भूतपूर्व ब्रिटिश गोर्खा पहिलो प्राथमिकता

लन्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले लण्डनमा कार्यभार सम्हालेका छन्।

बुधबार लन्डन हिथ्रो विमानस्थल उत्रिएका राजदूत आचार्यले आजै लण्डनस्थित नेपाली दुतावासमा आफ्नो जिम्मेवारी समालेका हुन् । आफ्नो कार्यवाहक समाल्दै आचार्यले नेपाल र बेलायतबीचको द्विपक्षीय, राजनीतिक, आर्थिक तथा साँस्कृतिक सम्बन्ध अझ सुदृढ बनाउने तथा गैर आवासीय नेपालीसँगको सहकार्य अभिवृद्धि गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले भूतपूर्व ब्रिटिश गोर्खाको समस्या समाधान आफ्नो प्राथमिकताको विषय रहेको बताए ।

आचार्यले व्यापार, लगानी तथा पर्यटन प्रवद्र्धनलगायत आर्थिक कूटनीतिका क्षेत्रमा राजदूतावासको भूमिकालाई अझ प्रभावकारी बनाउन राजदूतावासमा एक जना कर्मचारीलाई सम्पर्क व्यक्तिको रुपमा तोकिने जानकारी दिए ।

आचार्यलाई सरकारको सिफारिशमा राष्ट्रपति विध्यादेवी भण्डारीले गत महिना बेलायतका लागि नेपाली राजदूत नियुक्त गरेकी थिइन् ।

आचार्यले सन् २०१२ अगस्टमा संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले उनलाई उपमहासचिवमा नियुक्त गरेका थिए।

आफ्नी श्रीमति सहित लण्डनउत्रिएका राजदूत आचार्यलाई स्वागत गर्न बेलायतको विदेश मन्त्रालयका विशेष प्रतिनिधि माइकल जोन होलोवे लण्डनस्थित हित्रो विमानस्थलमा पुगेका थिए ।
आचार्यको स्वागतको लागि नेपाली दुतावास लण्डनकी उपनियोग प्रमुख रोशन खनाल, मिलिटरी एट्याची कर्णेल रत्नबहादुर गोदारसहितको टोली विमानस्थलमा पुगेका थिए ।

आचार्यको आगमनसंगै बेलायतस्थित भूपुगोर्खाहरुको समस्या समाधानको लागि बेलायत र नेपालबीच द्धिपक्षीय औपचारिक वार्ता हुने अपेक्षा गरिएको छ । सो वार्ताका लागि भूपूगोर्खा संगठनहरुले घनिभूत छलफल चलाएका छन् ।