१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएनए निर्वाचनः अष्ट्रेलियमा ९७ प्रतिशतले लिए शेल्फि

नेपालब्रिटेन डट कम्
११ फाल्गुन २०७८, बुधबार १९:१९

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा भाग लिन अष्ट्रेलियमा रहेका ९७ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले शेल्फि लिएका छन् ।

निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिलाई २४ फेब्रुअरीसम्म एमआइएस सिस्टममा फेस प्रमाणिकरण (सेल्फी) लिन र कागजात अपडेट गर्न आग्रह गरेको थियो ।

एनआरएनए अष्ट्रेलियाका १९४ जना प्रतिनिधि मध्ये १८८ जनाले शेल्फि लिएका हुन् ।

यसअघि सेल्फि लिन २२ तारिख सम्म दिएको म्यादलाई निर्वाचन समितिले २४ तारिख सम्म बढाएको हो ।

निर्वाचन समितिका प्रमुख भीमशेन बञ्जराले सूचना जारी गर्दे सेल्फी नदिएका र कागजात नपुगेका प्रतिनिधिहरुलाई आउँदो बिहिवार ९भोलि० सम्म प्रक्रिया पूरा गर्न अनुरोध गरेका हुन्।् । निर्वाचन समितिले करिब ८५ प्रतिशत प्रतिनिधिहरुले सेल्फि लिइसकेको जनाएको छ ।

निर्वाचन समितिले २१ र २२ मार्चमा अनलाइन प्रणालीमार्फत मतदान गर्ने तयारी गरेको छ।