८ बैशाख २०८१, शनिबार
Follow Us

सडक बालबालिकाको कथामा आधारित चलचित्र ज्योति

नेपालब्रिटेन डट कम्
२५ माघ २०७३, मंगलवार ०६:२६

काठमाडौं । सडक बाल–बालिकाको कथामा आधारित ठूलो पर्दाको चलचित्र ‘ज्योति’ को निर्माण कार्य अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ । आगामी जेठभित्र चलचित्र ज्योति प्रदर्शनमा ल्याउने तयारीका साथ दृश्य सम्पादनमा जुटेको जनाएको छ । नारी प्रधान र वास्तविक समसामयिक कथामा आधारित चलचित्र ज्योतिको नायकको भूमिकामा सरोज खनाल, पुस्कर रेग्मी, नायिकामा रजनी केशी, खुश्वु खड्का रहनु भएको छ ।
फिल्म ज्योती कलाकार नारायण मैनालीको निर्देशन र निरजंन ठाकुरको निर्माणमा ५० लाख रुपैयाँको लागतमा बनेको चलचित्रको अन्य कलाकारहरुमा निर शाह, लय संग्रौला र खलनायकमा शेखर केसी छन् । यसैगरी द्वन्द्व निर्देशकको रुपमा सम्राट तथा सल्लाहकार निर्देशकको रुपमा कमल मैनाली छन् । दर्शना, बाल गायिका, फिल्म ज्योति चलचित्र ज्योतिमा गायक राजेश पायल राई, सुजाता उपाध्याय र बाल कलाकारमा बाल गायिका दर्शनाले आफ्नो स्वर दिएकी छन् ।
चलचित्र ज्योतिको दृष्य धमाधम दृष्य सम्पादन कार्य भईरहेका बताइएको छ । एडिटर नारी प्रधान चलचित्र र कथाबस्तु पनि नौलो भएकाले यो चलचित्र सफल हुने निर्माण पक्षले विश्वास लिएको छ । ज्योती प्रदर्शनमा आएपछि यो चलचित्रले दर्शकको मन जित्न सफल हुने बताइएको छ ।