१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए सम्मेलन : ध्रुव बैगुनी नभै नहुनी…. (भिडियो)

नेपालब्रिटेन डट कम्
१२ चैत्र २०७८, शनिबार १९:१३

काठमाण्डौं । काठमाण्डौंमा सुरु भएको १० औं महाधिवेशनमा संघका अध्यक्ष कुमार पन्तले संघ विवादबाट मुक्त भएर पुरानै लयमा फर्केको दावी गरे । शनिवार दिउसो राष्ट्रपति विद्या भण्डारीले उद्धघाटन गरेको सम्मेलन सके पछि साँझ महाधिवेशन प्रतिनिधिहरु हिमालय होटलमा रमझममा छन् ।

लामो समय देखि विवादमा तानिएका संघका पूर्वउपाध्यक्ष कुल आचार्य रोमान्टिक मुडमा भेटिए । संघका पूर्वअध्यक्ष शेष घलेलाई धोका दिएर संस्थापन पक्षमा सहभागी आचार्यले पछिल्लो समय संघका महासचिव डा. हेम राज शर्मालाई तारो बनाउदै आएका थिए ।

संघको विधान परिवर्तन पछि महाधिवेशन चयन प्रकृयामा शर्माले खेलेको भूमिकाका कारणले आफुलाई अध्यक्ष हुन रोकिएको भ्रम आचार्यलाई थियो तर घले सम्मेलन छोडेर संस्थापन पक्षमा आउनको लागि शर्माले बाटो खोलिदिए पछि उनी तीन अध्यक्ष मध्ये एक हुने भए पछि शर्मासंग रमिएका हुन् । उनले हेम राज शर्मा अर्थात ध्रुर्व ( वाल्यकालको नाम) वैगुनी नभै नहुनी….गीतमा मनोरन्जन लिए ।