४ बैशाख २०८१, मंगलवार
Follow Us

शेष घले आमसहमतिमा आउन चाहनु भएन् : एनआरएनए, अध्यक्ष कुल आचार्य (भिडियो)

नेपालब्रिटेन डट कम्
१६ चैत्र २०७८, बुधबार १८:२८

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्यले पूर्वअध्यक्ष शेष घलेले संस्थामा एकता नचाहेको बताएका छन् ।
बुधवार कान्तिपुर टेलिभिजनको लागि टफ टक वीथ दिलभूषण पाठक कार्यक्रमलाई दिएको एक अन्तरवार्तामा आचार्यले आम सहमतिको लागि शेष घलेलाई आग्रह गरे पनि उनीले विधि र विधानको कुरा उठाएर आमसहमतिमा नभएको बताए । आचार्य माथि अन्तिम समयमा घलेलाई धोका दिएको आरोप लागेको छ ।
कार्यक्रममा अर्की अध्यक्ष रविना थापाले संघको शाख जोगाउन चुनौती रहेको बताईन् ।
संघका अध्यक्ष डा. बद्री केसीले संघको अन्तरिक विवादको समस्या समाधानको लागि राजनैतिक दलभित्र खोज्न जानु कमजोरी रहेको बताए ।