१२ बैशाख २०८१, बुधबार
Follow Us

‘युनाइटेड सिर्जना संसार–२’ सार्वजनिक

नेपालब्रिटेन डट कम्
२९ माघ २०७३, शनिबार १३:३५

काठमाडौं । गीतकार कवि डा. कविराज बान्तवाको ‘बाल गीति संग्रह ‘युनाइटेड सिर्जना संसार–२’ सार्वजनिक गरिएको छ । संग्रहको शनिबार राजधानीमा आयोजित एक समारोहबीच कवि तथा गीतकार भुपाल राईले सार्वजनिक गरे । गीतकार डा.बान्तवाको एकल शब्दरचना रहेको एल्बममा गायक कन्काइष्ट राईको सोलो संगीत रहेको छ ।
एल्बम ‘युनाइटेड सिर्जना संसार–२’ को सार्वजनिकपछि गीतकार भुपालले बालबालिकाको स्वरलाई तारिफ गरे । उनले भने, ‘गीतकार बान्तवाको सुन्दर सिर्जनामा स–सना नानीहरुले पनि साँच्चीकै राम्रो स्वर दिएका रहेछ ।’ युनाइटेड स्कुलमा अध्ययनरत ती बालबालिकाको गायन प्रतिभा देखेर उनीहरुको खुलेर प्रशंसा गरेका थिए ।
विमोचित एल्बममा बाल तथा राष्ट्रियभावना जागृत ६ वटा गीत छन् । म संग एउटा प्यारो प्यारो देश, यही हो मेरो जन्मभूमि, कलम र किताब, स्कुल जानु् हामीलाई पनि, कोइलीको कुहुँ कुहुँ र साथीभाई स्कुलमा बोलका गीत छन् । जसमा आकांक्षा राई, मन्दिप राई, लादिप्क्षा राई, सिद्र्धाथराज राउत, सालु महर्जन, निर्देश महर्जन, सुदिप पौडेल, सोनुप पराजुली र सिता थापाले स्वर दिएका छन् ।