१६ चैत्र २०८०, शुक्रबार
Follow Us

आर्मी क्लब र सशस्त्रलाई आमन्त्रण कप उपाधी

नेपालब्रिटेन डट कम्
२९ माघ २०७३, शनिबार १३:३७

पोखरा । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पुरुष तर्फ र सशस्त्र प्रहरीको एपिएफ महिला तर्फ पोखरामा भएको सृजना अन्तराष्ट्रिय आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधी हात पार्न सफल भएका छन् । आर्मीले नेपाल प्रहरीलाई ३–१ ले पराजित गर्दै उपाधी कब्जा गरेको हो । आर्मीले पहिलो सेटमा पुलिसलाई २५–२१ ले पाखा लगाउन सफल भयो । तर दोश्रो सेटमा आर्मी टिममा ताल मेलमा केहि कमी देखिंदा पुलिसले २५–२१ को जित निकाल्यो । दोश्रो सेटमा पराजित आर्मीले तेश्रो सेटमा २७–२५ को कठिन जित निकाल्यो भने चौथो सेटमा २५–१३ ले जित निकाल्दै उपाधी कब्जा गरेको हो ।

आर्मीले नगद १ लाख ५५ हजार ५ सय ५५ सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । दोश्रो भएको पुलिसले ७७ हजार ७ सय ७७ सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त ग¥यो ।

सृजना विकास केन्द्रको मुख्य प्रायोजन रहेकोे प्रतियोगिताको महिला तर्फको खेलमा एपिएफले भर्खरै काठमाण्डौमा सम्पन्न सशस्त्र प्रहरी निरीक्षक कप भलिबल प्रतियोगितामा भएको हारको बदला लिन सफल भयो । एपिएफले सशस्त्रको विजेता न्यू डायमण्डलाई ३–१ले पराजित गर्दै उपाधीलाई आत्मसात गर्न सफल भयो । एपिएफले डायमण्डलाई पहिलो र दोश्रो सेटमा २५–१८ र २५–१४ले पराजित ग¥यो । तर तेश्रो सेटमा डायमण्डले एपिएफलाई २५–१८ ले हराउंदै खेलमा फर्कने प्रयास गरेता पनि चौथो सेटमा १५–२५ले पछि पर्दै एपिएफलाई जित सुम्पन्न बाध्य भयो ।

यसका साथै एपिएफले नगद १ लाख ५५ हजार ५ सय ५५ सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । दोश्रो भएको डायमण्डले नगद ७७ हजार ७ सय ७७ सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त ग¥यो ।

प्रतियोगितामा महिला तर्फ न्यू डायमण्डले चार विधामा उत्कृष्टको बाजी मा¥यो । डायमण्डकी प्रतिभा मालीले उत्कृष्ट स्पाईकर, उत्कृष्ट डिफेण्डर सलिना श्रेष्ठ, उत्कृष्ट ब्लकर ललिता नाथ र उत्कृष्ट सेटर कृपा अधिकारी घोषित भए । यस्तै उत्कृष्ट सर्भर एपिएफकी रेश्मा भण्डारीले र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपिएफकी सरस्वती चौधरीले हात पारिन् ।

यस्तै पुरुष तर्फको सर्वोत्कृष्ट खेलाडी आर्मीका धन बहादुर भट्ट घोषित भए । उतकृष्ट डिफेन्डरमा आर्मीका शमसेर बहादुर चन्द, उत्कृष्ट ब्लकरमा हरि अधिकारी, उत्कृष्ट सेटर प्रहरीका ईम बहादुर राना, उत्कृष्ट सर्भर आर्मीका मान बहादुर श्रेष्ठ र उत्कृष्ट स्पाईकर प्रहरीका कुल बहादुर थापा घोषित भए ।

सर्वोत्कृष्टले नगद १० हजार र उत्कृष्टले नगद ५ हजार प्राप्त गरे ।

विजयी खेलाडीहरुलाई प्रमुख अतिथी राष्ट्रय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्ट लगायतले पुरस्कार वितरण गरेका थिए ।

सोही अवसरमा भलिबल खेलको विकास र विस्तामा आफ्नो तर्फबाट सहयोग पु¥याउनु हुने पूर्व भलिबल खेलाडी एवं बिदेशमा गएर ब्यबसायीक खेल्ने प्रथम खेलाडी सशस्त्र प्रहरी बलका महानिरीक्ष दूर्ज कुमार राईलाई सम्मान गरिएको थियो । यसैगरि पोखाामा भलिबल खेलको विकासमा सदा सहयोग पु¥याउनु हुने कास्की जिल्ला एपिएफ गणपती एसएसपी कृष्ण भक्त ब्रम्हचार्यलाई दोसल्ला आढाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले सम्मान गरेका थिए । सोही क्रममा प्रतियोगितालाई सफल पार्न सहयोग पु¥याउने सृजना विकास केन्द्रका अध्यक्ष अर्जून कुमार श्रेष्ठलाई प्रशंसा पत्रद्वारा सम्मा गरिएको थियो । यस्तै खेललाई सफल पार्न सहयोग पु¥याउनु हुने महानुभावहरुलाई समेत सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।