११ बैशाख २०८१, मंगलवार
Follow Us

आत्मआलोचना गरेर सशक्त रुपमा अघि बढौं : डा. हेम राज शर्मा, उपाध्यक्ष एनआरएनए

नेपालब्रिटेन डट कम्
३ बैशाख २०७९, शनिबार १४:५३

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले १० औं महाधिवेशनमा भएका कमिकमजोरीका बारेमा आत्मआलोचना गर्नु पर्ने बताएका छन् ।

डा. शर्माले गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रीय समितिद्धारा शनिवार आयोजित भरर्चुअल नेपाली नयां वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै संघ अभियानमा अमेरिका क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए । उनले नयां कार्यसमितिले संस्थागत पुनर्रसंरचनामा ध्यान दिनु पर्ने बताए । उनले विगतका विवादबाट पाठ सिकेर संस्थाभित्र एकता हुनु पर्नेमा जोड दिए ।

संघका महासचिव गौरीराज जोशीले नयां कार्यसमितिबाट काम गर्न त्यति सजिलो नभएको भन्दै आफु त्यती आशावादी नभएको बताए । उनले आगामी १८ महिनामा निश्पक्ष निर्वाचन गरेर नेतृत्व हस्तान्तरण गर्न सक्नुनै ठूलो उपलब्धि हुने बताए ।

उनले विधान, कार्यसमिति, सचिवालय, एनआरएनए राष्ट्रिय समितिमा थुप्रै समस्या र चुनौती भएको बताए । उनले वर्तमान कार्यसमिति कठिन अवस्थामा रहेको बताए ।

संघका महासचिव रामशरण सिमखडाले संस्थामा विधानको सर्वोच्चता स्वीकार नगर्दा विवाद आएको बताए । उनले संस्था व्यक्तिको सनकको भरमा होइन् पद्धतिले चल्नु पर्नेमा जोड दिए ।

कार्यक्रमा संघका सचिव प्रमोद सिटौलाले वर्तमान कार्यसमितिको सुरुवातनै निरासाजनक भएको बताए । उनले १० औं महाधिवेशनमा निर्वाचन किन हुन सकेन भन्ने विषयमा व्यापक छलफल हुनु पर्नेमा जोड दिए ।

संघका कोषाध्यक्ष सुनिल शाहले सचिवालय प्रष्ट नीति ल्याउन नसके संस्था गति कमजोर हुने बताए । उनले नेतृत्वमा पुगेर अरुलाई दोष लगाएर पछि हट्न नमिल्ने तर्क गरे । उनले संस्थाको विधान पारित भैसके पछि सबैले मानेर अघि बढ्नु पर्ने बताए ।

कार्यक्रममा उपाध्यक्षहरु यसमिन बेगम, रोशन थापा, उपमहासचिव रामशरण सिमखडा, शंकर खड्का, डा. देवी बस्नेत, राधिका गुरुङ, लगायतको उपस्थिती थियो । कार्यक्रमको संयोजन क्षेत्रीय संयोजक प्रकाश सापकोटाले गरेका थिए । कार्यक्रम जारी छ ।