८ बैशाख २०८१, शनिबार
Follow Us

चर्चित लोक दोहोरी गायिका अस्मिता डल्लाकोटी र विशाल रायमाझी बेलायतमा

नेपालब्रिटेन डट कम्
३ बैशाख २०७९, शनिबार २०:५०

लण्डन। नेपाली लोकसगींत क्षेत्रका चर्चित कलाकारहरु विशाल रायमाझी र अस्मिता डल्लाकोटी बेलायत आईपुगेका छन् । नटिङहम नेपाली समाज युकेको निमन्त्रणमा उनीहरु बेलायत आईपुगेका हुन् । उनीहरुलाई बर्मिङहम विमानस्थलमा समाजका पदाधिकारी तथा विभिन्न व्यक्तिहरुले स्वागत गरेका थिए ।

नोटिङहम नेपाली समाजका अध्यक्ष रविन्द्र शर्मा ,महासचिव लोकनाथ अधिकारी, संस्थापक अध्यक्ष रण केसी, एनआरएन युकेका उपाध्यक्ष गोविन्द खरेल,सचिव विष्णु चालिसे,समाजका उपाध्यक्ष मुकुन्द हरी खरेल,महिला संयोजक पुतली कंडेल लगायतले विमानस्थलमै पुगेर उनीहरुको स्वागत एवम् सम्मान गरेका हुन् ।

कलाकारद्धय रायमाझी र डल्लाकोटी नटिङहम नेपाली समाज युकेको निमन्त्रणमा बेलायत आई पुगेको र यहाँ बसाई रहुञ्जेल विभिन्न नेपाली सघंसंस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी हुने समाजका अध्यक्ष रविन्द्र शर्माले जानकारी दिए ।

नेपाली समाज नटिङहम युकेको निमन्त्रणामा बेलायत आएका कलाकारहरु डल्लाकोटी र रायमाझी पहिलो कार्यक्रम चार्ल्टन नेपाली समाज साझमा उपस्थित रहने समाजका महासचिव लोकनाथ अधिकारीले लन्डन नेपाल न्युज लाइ जानकारी दिए ।

पछिल्लो समयमा लोक सांगीतिक क्षेत्रमा उदायमान कलाकारको रुपमा स्थापित हुँदै गरेका कलाकारद्धय लोक दोहोरी क्षेत्रमा चर्चित छन् । अस्मिता डल्लाकोटी दोहोरी च्याम्पियनमा प्रतिष्प्रधीको रुपमा सहभागी भएपश्चात एकाएक चर्चाको शिखरमा छिन् । उनी खरो दोहोरी गायिकाको रुपमा चिनिन्छिन् । भने दिलमा बसेकी,मुस्किल छ लगायतका गीतहरु उनका चर्चित छन् ।

त्यस्तै लोक गायक विशाल रायमाझी पनि लोकसगींत क्षेत्रको चर्चित नाम हो । सांगीतिक पारिवारिक वातावरण हुर्किएका रायमाझीका पूर्वै धरान,मुटुकी टुकुरी,चिया सस्तो छ लगायतका गीतहरु चर्चित लोकगीतहरु हुन् । उनले काठमाण्डौमा क्वीन दोहोरी नामक आफ्नै दोहोरी साँझ सञ्चालन गर्दै आईरहेका छन् ।