१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कान्तिपुर पब्लिकेशनको ज्याजतीको बेलायतमा बिरोध, पत्रकार दाहालको पुर्नवाहालीको माग

नेपालब्रिटेन डट कम्
५ बैशाख २०७९, सोमबार १८:५५

लण्डन । बेलायतमा सकृय पत्रकारहरुले कान्तिपुर टेलिभिजनले त्यहाँ कार्यरत श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक, बिनाकारण कामवाट निश्कासन गरिएकी दिपा दाहाल लगायत पत्रकारहरुको पूर्नवाहालीको माग गरेक छन् ।

पत्रकार विपिन निरौलाले सोमवार एक विज्ञप्ति जारी गर्दै कान्तिपुर जस्तो देशकै प्रतिष्ठित संचार गृहले पत्रकारलाई सफाइको समेत मौका नदिएर निष्काशन गर्नु खेदजनक रहेको बताएका छन् ।

ती माग पुरा गर्न नेपाल पत्रकार महासंघले शुरु गरेको चरणवद्ध संर्घषको वेलायतमा रहेका पत्रकारहरुले एक्येवद्धता जाहेर गरेका छन् ।

प्रशासनको मनोपलिले व्यक्तिगत इगो साच्न पूर्वाग्रही भएर विनाकारण पत्रकारहरुलाई संचार गृहले हटाइनु नेपालको श्रम ऐन विपरित समेत रहेको निरौलाको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा न्युनतम तलव समेत नदिने संचार गृहको पछिल्लो निर्णयले विश्वभर छरिएका पत्रकारहरुको मनमा चोट पुगेको भन्दै पिडित पत्रकारहरुको पक्षमा उभिन विश्वभरका पत्रकारहरुलाई आग्रह गरिएको छ ।

विज्ञप्तिमा पत्रकार र संचार गृहबीच तत्काल वार्ता गरि समस्याको समाधान निकाल्न आग्रह गर्दै अन्यथा पत्रकारहरुको मागलाई अन्तराष्ट्रिय फोरमहरुमा समेत उठाउने चेतावनी दिइएको छ ।