८ बैशाख २०८१, शनिबार
Follow Us

विश्व सम्पदामा रहेको पशुपतिको जग्गा एनआरएनएले माग्नु गैरकानुनी : पासपुच गूठी यूके (भिडियो)

नेपालब्रिटेन डट कम्
६ बैशाख २०७९, मंगलवार २१:३६

लण्डन । १ सय कोठा सहितको बृद्धाश्रम बनाउने उदेश्यले गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पशुपति क्षेत्रको जग्गा माग गरे पछि वेलायतबाट त्यसको विरोध सुरु भएको छ ।

विश्व सम्पदाभित्रको सरकारी जग्गा एनआरएनलाई दिनु गलत भएको भन्दै पासा पुचः गूठी लन्डनले सो निर्णयको विरोध गरेको हो ।

गुठीका अध्यक्ष ओजेस सिंहले कुनै पनि विश्व सम्पाद सूचिको जग्गा हस्तक्षेप गर्नुअघि अध्ययन गर्न एनआरएनएलाई आग्रह गर्दै सरकार पक्षको निर्णय समेत गलत हुने बताएका छन् ।

उनले सरकार र एनआरएनए दुवै पक्षको निर्णयले सम्पदा प्रेमीहरुलाई दुखित बनाएको बताए । उनले पशुपति क्षेत्रको सम्पदा जोगाने अभियानमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

काठमाडौं उपत्यका भित्रका पशुपतिनाथ मन्दिरसहित बौद्धस्तुपा, स्वयम्भू, काठमाडौं, पाटन र भक्तपुर दरवार स्क्वायर र चाँगुनारायण मन्दिर विश्व सम्पदा सूचिमा सूचस्कृत छन् । काठमाडौंबाहिर सगरमाथा राष्ट्रिय निकुन्ज, चितवन राष्ट्रिय निकुन्ज र लुम्बिनी विश्व सम्पदा सूचीमा सूचीकृत भएका छन् ।

अहिले विश्वका १६७ मुलुकबाट १ हजार १ सय २१ वटा धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदा विश्व सम्पदा सूचीमा सूचीकृत छन् । त्यसमध्ये ५३ वटा सम्पदा खतराको सूचीमा परेका छन् ।

नेपालले विश्व सम्पदा सूचीमा राख्न सकिने सम्भावित सूची यसअघि नै यूनेस्कोमा प्रस्ताव गरिसकेको छ । ती सम्पदामा पनौतीदेखि तिलौराकोट, मुस्ताङ, रामग्राम, गोरखा दरवार, कीर्तिपुर, नुवाकोट, रुरु क्षेत्र, तानसेन, सिन्जा उपत्यका, साँखु, खोकना लगायत छन् ।