१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बर्खास्तमा परेका एनआरएनए अमेरिकाका अध्यक्ष सुवेदीले भनेः पैसा तिर्छु

नेपालब्रिटेन डट कम्
१२ बैशाख २०७९, सोमबार १८:१६

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय निर्देशनलाई पालना नगरे पछि बर्खास्तमा परेर एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीले सदस्यता शुल्क तिर्न तयार भएका छन् ।

संघका महासचिव डा. केशव पौडेलको समेत सहमतिमा अमेरिका क्षेत्रीय समितिको आइतवार बसेको बैठकले उनलाई बर्खास्त गर्दै कृष्ण लामिछानेलाई अध्यक्ष चयन गरे पछि एनआरएनए अमेरिकाका सदस्यता शुल्क तिर्न राजी भएको संघका प्रवक्ता तोया दाहालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा ‘एनआरएनए एनसीसीको विधानमा उल्लेख भएका डकुमेन्ट आइसीसीबाट प्राप्त हुनसाथ उक्त रकम केन्द्रमा पठाउन कुनै आपत्ति नभएको अध्यक्ष सुवेदीले स्पष्ट पारी सक्नु भएको छ। एनआरएनए एनसीसी अमेरिकाको कार्यसमितिले समेत यस विषयमा निर्णय गरिसकेको’ उल्लेख छ ।

सुवेदीले एनआरएनए अमेरिकी कानुन अनुसार दर्ता भएको एक स्वायत्त संस्था भएको दावी गर्दै संघको केन्द्रीय निर्देशनलाई लत्ताउदै आएका छन् । उनले यसअघि संघको निर्देशन विपरित आफ्नै एमआइएस प्रणाली सुरु गरे पछि विवाद जटिल बनेको हो । उनले एनसीसी बैठकका फरक मत राख्नेलाई समेत बोल्न नदिएर बैठकबाट निकाल्ने गरेको आरोप छ ।


प्रेस विज्ञप्तिको पूर्णपाठ

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष श्री बुद्धि सागर सुवेदीको नेतृत्वमा रहेको वैधानिक रूपले निर्वाचित कार्य समिति भङ्ग गरी तदर्थ समिति गठन गरिएको भन्ने समाचारहरु प्रति हाम्रो ध्यानाकर्षण भएको छ।
गैर आवासीय नेपाली सङ्घ एनसीसी अमेरिकाको निर्णय अनुसार केन्द्रमा बुझाउनु पर्ने सदस्यता शुल्क बापतको रकम हाल छुट्टै राखी त्यस बारे समयमै केन्द्रलाई जानकारी गराई सकिएको छ। एनआरएनए एनसीसीको विधानमा उल्लेख भएका डकुमेन्ट आइसीसीबाट प्राप्त हुनसाथ उक्त रकम केन्द्रमा पठाउन कुनै आपत्ति नभएको अध्यक्ष सुवेदीले स्पष्ट पारी सक्नु भएको छ। एनआरएनए एनसीसी अमेरिकाको कार्यसमितिले समेत यस विषयमा निर्णय गरिसकेको छ ।
एकताको महाधिवेशन भनिएको सङ्घको दशौँ महाधिवेशन सम्पन्न भएको एक महिना पनि पुरा नहुँदै महाधिवेशनको मर्म र भावना विपरीत निर्वाचित कार्य समिति भङ्ग गरिएको भन्ने अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक र उपसंयोजकको नामबाट प्रकाशित विज्ञप्ति विधान विपरीत छ।

एनसीसी अमेरिका अमेरिकी कानुन अनुसार दर्ता भएको एक स्वायत्त संस्था भएकाले संस्था विरोधी यस्ता हर्कत नगर्न हामी सचेत गराउन चाहन्छौँ।

यस्ता झुट्ठा प्रचार बाजीबाट भ्रममा नपर्न र अमेरिकास्थित नेपाली समुदायलाई विभाजित गरी आफ्नो निहित स्वार्थ पुरा गर्न चाहने व्यक्ति तथा प्रवृत्तिलाई पहिचान गर्न पनि हामी हाम्रा सबै सदस्यहरू तथा शुभेच्छुकहरुमा आग्रह गर्दछौँ।

तोया दाहाल
प्रवक्ता
गैर आवासीय नेपाली सङ्घ एनसीसी अमेरिका
मितिस् २५ अप्रिल २०२२