७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए अमेरिका विवाद सहमतिमा सल्टाउनुपर्छ : महासचिव जोशी

नेपालब्रिटेन डट कम्
१४ बैशाख २०७९, बुधबार ०३:४२

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव गौरीराज जोशीले एनआरएनए अमेरिकाको विवाद महमति र सहकार्यमा सल्टाउनु पर्ने बताएका छन् ।

जोशीले बुधवार एक विज्ञप्ति जारी गर्दै अमेरिकाको विवाद आईसीसीको विधान भित्र रहेर सहमति र सहकार्यमै सल्टाउनु पर्ने तर्क गरेका हुन् ।

विज्ञप्तिमा अवस्थामा एनआरएनए अमेरिकामा नयां परिस्थिति सृजना भएको छ । एनआरएनए एनसीसी एनआरएनएका आधार स्तम्भ हुन् । एनसीसी सम्वद्ध देशको नियम कानुन अनुसार स्थापना भएपनि आईसीसीको विधान अनुसार संचालन हुनुपर्छ भन्ने पनि हामीले स्विकारेको सहमति भएकोे उल्लेख छ ।

प्रेस विज्ञप्ति

गैर आवासिय नेपाली संघ (एनआरएनए) अप्ठ्यारो अवस्थावाट पार पाउने क्रममा छ । एक जुट भएर जांदामात्र एनआरएनए अभियान प्रभावकारी हन सक्छ भनेरै सहमतिमा नेतृत्व चयन भएको हो । यसमा थुप्रै आलोचना पनि भएका छन् । यो स्वभाविक पनि हो । नयां परिस्थितिमा वनेको आईसीसी नेतृत्व संयमित भएर एनआरएनए अभियानलाई कसरी अझ प्रभावकारी बनाएर लैजान सकिन्छ यसमा लागिपरेको छ ।

नेपालको अर्थतन्त्रमा समस्या देखिएकाले सरकार विदेशमा वस्ने नेपालीसंग सहयोगका लागि विभिन्न पहल गरिरहेको अवस्था छ । देशको संकटमा विदेशमा वस्ने नेपालीले सहयोगलाई कसरी परिचालन गर्ने चुनौती हामीसंग छ । यसवाहेक नेपाली नागरिकताको निरन्तरता, वैदेशिक रोजगारमा जानेलाई सम्मान र सहुलियत, हामीलाई नेपालमा लगानी लंैजादाका अप्ठ्याराहरु हटाउनु पर्ने जस्ता मुद्दाहरुलाई प्रथामिकता दिएर उठाउनु पर्ने अवस्था छ ।

यो अवस्थामा एनआरएनए अमेरिकामा नयां परिस्थिति सृजना भएको छ । एनआरएनए एनसीसी एनआरएनएका आधार स्तम्भ हुन् । एनसीसी सम्वद्ध देशको नियम कानुन अनुसार स्थापना भएपनि आईसीसीको विधान अनुसार संचालन हुनुपर्छ भन्ने पनि हामीले स्विकारेको सहमति हो ।

अहिले अमेरिकाको विवादपनि आईसीसीको विधान भित्र रहेर सहमति र सहकार्यमै सल्टाउनुपर्छ भन्ने मेरो मान्यता हो । यसका लागि सवैलाई लचिलो भई सहमतीमा अगाडी वढ्न म अपिल गर्दछु ।

म अमेरिका लगायत विश्वभरका सवै एनसीसीलाई अहिलेको अप्ठ्यारो अवस्थालाई वुझेर समस्या होइन, समाधान वन्न म विनम्र आग्रह गर्दछु ।

गौरीराज जोशी
महासचिव