१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएनए अमेरिका विवादः महासचिवद्धय जोशी र पौडेल दवावमा

नेपालब्रिटेन डट कम्
१५ बैशाख २०७९, बिहीबार ०७:२१

लण्डन । गैरआवासीय नेपाली संघ अमेरिकाको अध्यक्षमा कृष्ण लामिछाने चयन भए पछि त्यहाँ रहेका महासचिवद्धय गौरीराज जोशी र केशव पौडेल दवावमा परेका छन् ।

एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्ण जिवी पन्थले गैर आवासिय नेपाली संघ विभाजनको जिम्मा डा. केशव पौडेल र गौरीराज जोशीले लिनु पर्ने बताएका छन् ।

पन्थले पटक पटकको चरम राजनैतिक र व्यक्तिगत हस्तक्षेपका कारण संघ विवादित र विभाजित बन्दै गएको भन्दै आईसीसी महासचिव पौडेल र जोशी नै यसको मुख्य कारण भएको बताएका हुन् ।

पन्थले आफ्नो आधिकारिक फेसबुक मार्फत आईसीसी महासचिवद्वाय पौडेल र जोशीको नाम नै किटेर फोटो सहित यी दुई महासचिव जिम्मेवारी भन्दा विभाजनको मार्गमा रहेकै कारण संघको गरिमामा आँच पुगेको बताएपछि फेरी एकपटक सामाजिक संजाल तातेको छ ।

पन्थले पौडेल र जोशीलाई ट्याग नै गरेर लेखेको स्ट्याटसमा भनेका छन् गैरआवासीय नेपाली संघमा तपाईहरु दुईजनाले समाज जोड्ने भन्दा तोड्ने काम गर्नु भयो ।

एनसिसिको पन्जीकृत सदस्यता बनाइने प्रकृया, डेलिगेट्स छनौट एबं प्रजातान्त्रीक प्रकृयामा हुने निर्बाचनलाई अबमुल्यान गर्दै गरिएको सम्झौतामा आम नेपाली समुदाय खुशी नभएको उल्लेख गर्दै पटक पटक चरम राजनैतिक हस्तक्षेपको उपज समस्या समाधान भन्दा समस्या उल्जनको शिकार एनआरएनए बन्दै आएकोप्रति पन्थले ध्यानाकर्षण समेत गराएका छन् ।

पन्थले पौडेल र जोशीलाई भनेका छन् बिवेक गुमाउदै गरिएको सम्झौतामा आफुले पद, सम्मान पाएपछि आफ्नो गुट सम्हाल्छु भन्ने भ्रमबाट मुक्त हुनुहोस। तपाईहरुलाई मात्र दोष लगाएर म उम्कीन खोजेको हैन मेरो भागमा परेको जिम्मेवारी लिन म तयार छु । तर जे भै राखेको छ एनआरएनएको उधेश्य बिपरित भएको छ ।