१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए एशिया क्षेत्रीय बैठक थाईल्याण्डमा हुने

नेपालब्रिटेन डट कम्
१६ बैशाख २०७९, शुक्रबार १४:१६

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) एशिया क्षेत्रीय सम्मेलन थाईल्याण्डमा आयोजना हुने भएको छ ।

बैंककस्थित होटेल मिलिनियम हिल्टनमा हुने कार्यक्रममा गैर आवासीय नेपाली संघ एशिया प्यासिफिक क्षेत्रका मातहतका सबै राष्ट्रहरुको सहभागीता रहने छन् ।

आगामी अगष्ट २६ देखी २८ मा हुने सो सम्मेलनमा गैरआवासीय नेपालीहरुका मुद्धाहरुमा व्यापक छलफल हुने क्षेत्रीय संयोजक पारसमणी पोखरेलले जानकारी दिए ।

सम्मेलनमा गैरआवासीय नेपाली संघका केन्द्रीय पदाधिकारीहरु, नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल सरकारका उच्च सरकारी अधिकारीहरुको उपस्थिती रहने छ ।