१४ बैशाख २०८१, शुक्रबार
Follow Us

लामिछानेको दवाव पछि एनआरएनए अमेरिकाले पठायो सदस्यता शुल्क

नेपालब्रिटेन डट कम्
१६ बैशाख २०७९, शुक्रबार २१:५६

लण्डन । गैरआवासीय नेपाली संघ अमेरिकाले आफ्ना सदस्यहरु बापत केन्द्रीय सचिवालयमा बुझाउनुपर्ने करिब एक लाख डलर आज शुक्रवार भुक्तानी गरेको छ ।

गैरआवासीय नेपाली संघका क्षेत्रीय संयोजक प्रकाश सापकोटाले बुद्धि सागर सुवेदीलाई अध्यक्षबाट बर्खास्त गरेर कृष्ण लामिछानेलाई अध्यक्ष चयन गरे पछि सुवेदी समूहले बाध्य भएर सो शुल्क पठाइएको हो ।

क्षेत्रीय संयोजक सापकोटाले बुद्धि सागर सुवेदीले सचिवालयमा सदस्यता शुल्क तिर्दैमा लामिछानेलाई अध्यक्ष दिने निर्णयमा फरक नपर्ने बताए ।

सापकोटाले भने ‘संघको ८२ बैठकको निर्णय अनुसार उहांको कार्यसमिति स्वतः खारेज भएको हो । आइसीसीको पूर्णबैठकले गरेको निर्णय आइसीसी वा महाधिवेशनले मात्र बदर गर्न सक्छ । अब सुवेदीको कार्यसमिति रहने सम्भवना छैन् आगामी कार्यसमितिको बैठकले लामिछानेको कार्यसमितिलाई मान्यता दिन्छ’ ।

गैरआवासीय नेपाली संघ स्रोतका अनुसार बिभिन्न प्रक्रियाहरुमा सहजिकरण, दवावमा केन्द्रलाई रकम पठाउन सुवेदी पक्ष सहमत भएको थियो । सो रकम शुक्रवार नै केन्द्रको खातामा जम्मा भईसकेको संघले जनाएको छ ।

एनआरएनए अमेरिकाका अध्यक्ष सुबेदीको नेतृत्वमा रहेको कार्यसमितिले एनआरएनएका करिव २० हजार सदस्यहरुको सदस्यता बापत केन्द्रलाई तिर्नुपर्ने दस्तुर नबुझाए पछि चर्को आलोचना भएको थियो ।

यस अघि अप्रिल २३ मा बसेको एनआरएनए अन्तर्राष्ट्रिय समितिका पदाधिकारीहरु (आइसीसीको ओवी) बैठकले पन्जिकृत सदस्यहरूको शुल्क बुझाउन बाँकी रहेका एनआरएनए एनसीसीहरुले अप्रिल ३० तारिक अगाडि शुल्क बुझाउनुपर्ने निर्णय गरेको थियो ।
सो बैठकले एनआरएनए अमेरिकामा उत्पन्न विवाद मिलाउन संघकी अध्यक्ष रविना थापालाई जिम्मा लगाएको छ ।