May 17, 2022
12:26 PM | 5:11 PM
कला तथा मनोरन्जन

‘वर एण्ड वधु’ मा साम्राज्ञीको इन्ट्री

  01/05/2022 मा प्रकाशित

निर्देशक मिलन चाम्सले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘वर एण्ड वधु’मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको इन्ट्री भएको छ । निर्माणपक्षका अनुसार, केही दिन अगाडि मात्र साम्राज्ञीसँग लिखित संझौता भएको हो । योसँगै चलचित्रमा नायिका आँचल शर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका रहने पक्का भएको छ ।

कमेडी र रोमान्सको मिश्रणमा तयार हुन लागेको यो चलचित्रलाई स्थानीय निकायको निर्वाचनपछि मात्र छायांकनमा लैजाने तयारी गरिएको निर्देशक मिलन चाम्सले जानकारी दिए । एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा साम्राज्ञीको प्रवेशसँगै कलाकारको लाइनअप बलियो बनेको छ ।

निर्देशक चाम्सले ‘गोर्खा वारियर २’को छायांकन गरिरहेका छन् । साम्राज्ञीले भने ‘तिम्रो मेरो साथ, ह्यारी कि प्यारी’को छायांकन सकाएकी छिन् भने ‘लण्डन टू पेरिस’को छायांकन सुरु गर्ने तयारीमा छिन् । मिलनले पहिलो चरणको लकडाउन लगतै साम्राज्ञीसँग एक अनटाइलट प्रोजेक्टका लागि संझौता पनि गरिसकेका छन् ।

प्रतिक्रिया