११ बैशाख २०८१, मंगलवार
Follow Us

‘माया पिरिमको धेरै छन् कथा’ (भिडियोसहित)

नेपालब्रिटेन डट कम्
३ फाल्गुन २०७३, मंगलवार ११:००

काठमाडौ । प्रेमिल मनहरु ‘भ्यालेनटाइन–डे’ अर्थात् प्रणय दिवस मनाउन व्यस्त भइरहँदा गायक÷गायिकाहरु भने प्रेम गीत रिलिज गर्नमै व्यस्त छन् । यस्तै, गायक तथा संगीतकार टंक बुढाथोकीले पनि यसै अवसरमा एउटा प्रेम गीत सार्वजनिक गरेका छन् । चन्द्र मगरको शब्द तथा गायक स्वयमकै म्यूजिक एरेन्ज रहेको ‘माया पिरिमको धेरै छन् कथा…’ बोल गीत भिडियो सार्वजनिक गरिएको हो ।
यस गीतको म्यूजिक भिडियोलाई पछिल्लो समयका व्यस्त म्युजिक भिडियो निर्देशक दिनेश माङमुले निर्देशन गरेका हुन् । भिडियोमा नीता ढुंगाना र चन्द्र मगरको अभिनय रहेको छ भने सञ्जय लामाले कोरियोग्राफी गरेका हुन् । अर्जुन तिवारी र टिमले खिचेका यस भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । यस गीत तथा भिडियोलाई गायक तथा संगीतकार बुढाथोकीले प्रणय दिवसमा मग्न दर्शकदीर्घाप्रति समर्पण गरेको बताएका छन् ।