७ बैशाख २०८१, शुक्रबार
Follow Us

टोटनहम र एभर्टनको जित, चेल्सी पराजित

नेपालब्रिटेन संवाददाता
१९ बैशाख २०७९, सोमबार ०५:४६

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोटेनहम र एभर्टनले जित निकाल्दा चेल्सी पराजित भएको छ । टोटेनहमले लेस्टर सिटीलाई ३-१ अन्तरले पराजित गर्यो । टोटेनहमको जितमा सन ह्युङ मिनले दुई गोल गरे । यस्तै ह्यारी केनले एक गोल गरे । लेस्टरका केलिचीले सान्त्वना गोल गरे ।

जितसँगै टोटेनहमले ३४ खेलबाट ६१ अंक बनाएर चौंथो स्थानमा छ । लेस्टर ४२ अंक जोडेर ११ औं स्थानमा छ । यता, रेलिगेशन क्षेत्रमा रहेको एभर्टनले चेल्सीलाई १-० अन्तरले पराजित गर्यो । घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन रिचार्लिसनले ४७ औं मिनेटमा निर्णायक गोल गरे ।

जितपछी एभर्टनले रेलिगेशन क्षेत्रबाट उम्कने सक्ने सम्भावना कायमै राखेको छ । एभर्टनले ३३ खेलबाट ३२ अंक सहित १८ औं स्थानमा छ । चेल्सी ६६ अंक जोडेर तेस्रो स्थानमा छ ।

बार्सिलोनाको जितमा मेम्फिस र बुस्केटको गोल
आरसीडी मालोर्कालाई २-१ अन्तरले पराजित गर्दै स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राति घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनाको जितमा मेम्फिस डिपाए र कप्तान सर्जियो बुस्केटले एक एक गोल गरे ।

मालोर्काको लागि एन्थोनियोले सान्त्वना गोल गरे । जितपछी सिजनको सुरुआत खराब प्रदर्शनबाट सुरु गरेको बार्सिलोना दोस्रो स्थानमा रहेको छ । बार्सिलोनाको ३४ खेलबाट ६६ अंक छ । समान खेलबाट सेभिया ६४ अंक सहित सेभिया तेस्रो स्थानमा छ । चार खेल अघि नै लिग उपाधी जितेको रियल ८१ अंक सहित शीर्ष स्थानमा छ ।

एसि मिलान, इन्टर मिलान र युभेन्ट्सको जित
इटालियन सिरी ए फुटबल अन्तरगत आइतबार राति भएको खेलमा इन्टर मिलान, एसि मिलान र युभेन्ट्सले जित निकालेका छन् । उपाधी दौडमा रहेको इन्टरले उडिनेसलाई २-१ अन्तरले हरायो । इन्टरको जितमा इभान पेरिसिक र लाउटारो मार्टिनेजले एक एक गोल गरे । उडिनेसका लागि पुसेटोले एक गोल गरे । अर्को खेलमा एसी मिलानले फियोरेन्टिनालाई १-० अन्तरले हरायो ।

मिलानको जितमा राफायल लिओले खेल सकिन आठ मिनेट अघि निर्णायक गोल गरे । यस्तै अर्को खेलमा युभेन्ट्सले भेनेजियालाई २-१ गोल अन्तरले हरायो । युभेन्ट्सको जितमा लियोनार्दो बोनुचीले दुई गोल गरे । भेनेजियाको लागि माटिया अरामुले एक गोल गरे ।

खेलसंगै सिरी एको उपाधी होड थप प्रतिस्पर्धात्मक बनेको छ । समान ३५ खेल खेलेको एसि मिलान ७७ अंक सहित पहिलो, ७५ अंकको इन्टर मिलान दोस्रो र ७० अंकको नापोली तेस्रो स्थानमा छ । ६९ अंकको युभेन्ट्स चौथो स्थानमा छ ।