१५ चैत्र २०८०, बिहीबार
Follow Us

मिस नेवा बनिन सलिना महर्जन

नेपालब्रिटेन संवाददाता
२० बैशाख २०७९, मंगलवार ०५:३८

काठमाडौं । १६ औं मिस नेवाः नेपाल ११४२ को उपाधि काठमाडौंको चमतीकी सलिना महर्जनले तिजेकी छिन् । नेप्लीज फेसन होमद्वारा आईतवार राती काठमाडौंमा आयोजना गरिएको सो प्रतियोगिताको फाईनलमा बाँकी १८ प्रतिस्पर्धीलाई उछिन्दै सलिनाले उपाधि सहित एक लाख रुपैयाँ र विभिन्न उपहार प्राप्त गरेकी छिन् । उपाधिसँगै कार्यक्रममा उनी नेपाल क्योकुसिन सेइसिन काइकान कराँतेको सद्भावना दुत पनि घोषित भईन् ।

सो प्रतियोगितामा काठमाडौंको ठमेलकी सविना बज्राचार्य फस्ट रनर अप र भक्तपुरको ठिमीकी सेलिन प्रजापति सेकेन्ड रनर अप बन्न सफल भए । यस्तै अन्य उपाधि तर्फ सिर्जना महर्जन मिस ट्यालेन्ट, लुमन्ती महर्जन बेस्ट नेपाल भाषा, आस्था श्रेष्ठ सोसल वेलफेयर एम्बेस्डर चिफ र अतृशा महर्जन सोसल वेलफेयर एम्बेस्डर चिफ फष्ट रनर्सअप घोषित भए । यस्तै शिला प्रजापतिले बेस्ट ड्रेस, श्वेच्छा महर्जनले मिस पब्लिक च्वाइस, स्नेहा श्रेष्ठले बेस्ट स्माइल र सिर्जुला महर्जन बेस्ट हेयरको उपाधि प्राप्त गरे ।

सोही क्रममा किर्तीका दुवाल बेस्ट स्किन, विजेता बज्राचार्य मिस पर्सनालिटी र मिस फोटोजेनिक, स्नेहा श्रेष्ठ मिस डिसिप्लेन, नेहा माली मिस चार्मिङ तथा विशेषता मानन्धर मिस फ्रेण्डसिप घोषित भए ।

नेवार समुदायका युवतीहरुको प्रतिभा प्रस्तुति र व्यक्तिको विकाशका लागि आफुहरुले १६ वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले कार्यक्रममा बताईन् ।

सो प्रतियोगिताको मुख्य निर्णायकमा एनआरएन युकेका पूर्व अध्यक्ष अशोकबाबु श्रेष्ठ र निर्णायकमा नेपाल टेलिकमका म्यानेजर सरोज शाक्य, पासा पुचः गुठीको युकेका अध्यक्ष ओजेश सिंह, नेपाल क्योकुसिन सेइसिन काइकान कराँते संघका अध्यक्ष अशोककुमार श्रेष्ठ, गायक प्रवेशमान शाक्य, पूर्व मिस नेवाः एलिशा बज्राचार्य, अधिवक्ता लक्ष्मण महर्जन, लायन्स क्लब अफ काठमाडौं एलका डिष्ट्रीक गर्भनर मनीश्री रत्न बज्राचार्य र व्युटिसियन मञ्जु कार्की पाण्डे थिए ।

रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन्न सो कार्यक्रममा पूर्व उद्योग मन्त्री रविभक्त श्रेष्ठले मिस नेपाल प्रतियोगिताले नेवार समुदायका युवतीहरुको प्रतिभा प्रस्तुत गर्नुका साथै उनीरुलाई अझ प्रभावशाली बनाएको बताए ।