१३ बैशाख २०८१, बिहीबार
Follow Us

शेष घलेले खोले काठमाण्डौंमा छुट्टै सम्पर्क कार्यालय

नेपालब्रिटेन डट कम्
२० बैशाख २०७९, मंगलवार १३:२०

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेले काठमाण्डौंमा छुट्टै सम्पर्क कार्यालयको स्थापना गरेका छन् ।
गैरआवासीय नेपाली संघको ९ औं महाधिवेशन पछि छुट्टै समूह गठन गरेर अघि बढेका घलेले सोमवार सो कार्यालयको सुरुआत गरेका हुन् ।

मे १ देखिनै केहि कर्मचारी सहित बालुवाटारमा सुरु भएको कार्यालयको घले र उनीकी श्रीमति जमुना गुरुङले संयुक्त रुपमा पूजा गरेर उद्धघाटन गरे ।

कार्यक्रममा घले समूहका भोमा लिम्बु, उमेश पुडासैनी, जानकी गुरुङ, श्याम तामाङ, डमर घले, छोङ्गकर्मा शेर्पा, राजेश शम्शेर राणा, एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगर लगायतको उपस्थिती थियो ।