१५ बैशाख २०८१, शनिबार
Follow Us

आईपीएलमा आज दिल्ली र हैदरावाद भिड्दै

नेपालब्रिटेन संवाददाता
२२ बैशाख २०७९, बिहीबार ०४:४५

मुम्बई । इन्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद भिड्ने भएका छन् । खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे हुनेछ । ९ खेलमा ४ मा जित र ५ मा हार बेहोरेको दिल्ली ८ अङ्कसहित तालिकाको सातौ स्थानमा रहँदा ९ खेलमा ५ मा जित र ४ मा हारेको हैदरावाद १० अङ्कसहित तालिकाको पाँचौं स्थानमा छन् ।

यसअघि गएराति भएको खेलमा बैङ्लोरले चेन्नई सुपर किङ्सलाई १३ रनले हराएको छ । टस हारेर पहिले ब्याटिङ गरेको बैङ्लोरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७३ रन बनाएको थियो ।

१ सय ७४ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित ओभरमा १६० रन मात्र बनाउन सक्यो । जितसँगै लिगमा १२ अंक जोडर बैङ्लोर चौथो स्थानमा उक्लिएको छ । उसले जारी आइपीएलमा अहिलेसम्म खेलेको ११ खेलमा ६ मा जित र ५ मा हार व्यहोरेको छ । यस्तै १० खेलमा ३ मा जित र ७ खेलमा हार ब्यहोरेको चेन्नई ६ अङ्कका साथ तालिकाको नवौं स्थानमा छ ।